धनुषा/भदौं ८ गते।धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको ह“त्या गरेका छन् । मिथिला बिहारी नगरपालिका–५ ललिया निवासी भागेश्वर मण्डलले ५५ वर्षीय बुवा रामवृक्ष र २४ वर्षीया श्रीमती अमिरकादेवीको हत्या गरेका हुन् । दुवै जनाको ह“त्या गरी श व छिमेकी रामकिसुन मण्डलको आँपको बगैंचामा खाल्डो खनेर गाडेका थिए । उनी केहि समयअघि मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए ।
२७ वर्षीय भागेश्वरले सोमबार राति १२ बजेतिर दुवैको ह“त्या गरेको पाइएको धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । ‘बिहान उनका ३ र ४ वर्षका बच्चा रोइरहेको र भागेश्वर आफैं टोलाएर बसिरहँदा पुगेका छिमेकीले दुवैको ह“त्या भएको पत्ता लगाएर हामीलाई जानकारी गराएका थिए,’ बस्नेतले भने, ‘तत्कालै भागेश्वरलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले ह“त्या गरेको स्वीकारेका छन् ।’ श व गाडेको ठाउँमा उत्खनन् गर्दा दुवैको श व फेला परेको बस्नेतले जानकारी दिए ।
भागेश्वर वैदेशिक रोजगारीबाट गत चैत महिनामा घर फर्केका थिए । पारिवारिक विवादका कारण उनले बुवा र श्रीमतीको ह“त्या गरेको देखिएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अ“नै“ति“क यौ“न सम्बन्ध रहेको आशंका गर्दै आएका थिए ।
जसको कारण उनको पत्नीसँग दिनहुँ झ ग डा हुँदै आएको थियो । सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको ह“त्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । भागेश्वर र अम्रिकादेवीका दुई छोराछोरी छन्।घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए ।














Discussion about this post