जनकपुरधाम, श्रावण ३२ गते ।जनकपुरबाट लगभग एक क्वीन्टल लागुऔषध गाँजासहित एकजना प क्रा उ परेका छन् ।
सोमबार जनकपुरधामबाट भारी मात्रामा लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले प क्रा उ गरेको छ । प क्रा उ पर्नेमा मकवानपुरको हेटौडा उपनगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलसई रहेका छन् ।
उनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित विद्यापति चोकबाट १० वटा गाँजाको पोका सहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । बा ५ च १४० नम्बरको पिकअप भ्यानमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा २नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको सादा पोसाकका प्रहरीको टोलीले उनलाई प क्रा उ गरेको हो ।
प क्रा उ परेका आरोपित बलोनलसईमाथि थप अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।















Discussion about this post