nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बीस युनिटसम्म खपत गर्ने ग्राहकलाई विद्युत् निःशुल्क – मन्त्री भुसाल

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०७८, ८:०६ मध्यान्ह
बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल

काठमाडौँ, साउन २७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताउनुभएको छ ।    
    
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो । उहाँले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको रेखामुनी रहेका जनतालाई निशुल्कः विद्युत् उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो ।    
    
नेपाल विद्युत् प्राधिकरण र सामुदायिक ऊर्जा उत्पादनका गरी २६ लाखभन्दा बढी ग्राहकले यस्तो सुविधा पाउने पाउनेछ । ऊर्जामन्त्री भुसाल भन्नुभयो, “विद्युत् खपत बढाउन, आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युत्को उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत् महसुल समायोजन गर्ने निर्णय भएको छ ।”    
    
सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउँदै लाने नीति अघि सारेको छ । संयुक्त सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रम, पूर्वमन्त्री, सचिव र महाशाखाअन्तर्गतका निकाय तथा विज्ञबाट प्राप्त सुझावका आधारमा जनतालाई छिटोछरितो सेवा प्रवाह गर्ने, विद्युत् र सिँचाइलाई उत्पादनका पूर्वाधारकारूपमा लिइ देशलाई समृद्ध तुल्याउने सन्दर्भमा विभिन्न निर्णय भएको सो अवसरमा जानकारी दिइयो ।     
    
प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजना विद्युत् प्राधिकरणमार्फत अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गर्ने कार्यक्रम अघि सारेको छ । ऊर्जामन्त्री भुसालले भन्नुभयो, “तमोर ७५६ मेगावाट, दूधकोशी ६३५ मेगावाट, सुनकोशी–३ ५३६ मेगावाट, बूढीगण्डकी १२०० मेगावाट, नाल्सिङगाढ ४१० मेगावाट, नौमुरे २४५ मेगावाट, माडी दाङ डाइभर्सनपश्चिम सेती ७५० मेगावाट उत्पादन हुनेछ ।”    
    
उहाँले निर्माणाधीन रसुवागढी १११ मेगावाट, साञ्जेन ५७ मेगावाट, मध्यभोटेकोशी १०२ मेगावाट, त्रिशूली ३ बि ३७ मेगावाट, राहुघाट ४० मेगावाट, तनहुँ सेती १४० मेगावाट निर्माणलाई तीव्रता प्रदान गरिने बताउनुभयो ।    
    
विद्युत् उत्पादन कम्पनीद्वारा प्रवर्तित जगदुल्ला, फुकोट कर्णालीलगायत आयोजनाको निर्माण शुरु गर्न तथा निजी क्षेत्रबाट निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवं सहजीकरण तथा अनुगमन प्रभावकारी बनाउने जानकारी दिइयो ।    
    
निर्माणाधीन प्रसारण लाइन तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन तथा अनुगमनलाई तीव्रता दिने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “समयमा गुणस्तरीय काम गर्दा पुरस्कार र काम नगर्दा दण्डको व्यवस्था गरिने छ ।”    
    
कालिगण्डकी, मस्याङ्दी, कोशी, दोर्दी, चिलिमे, खिम्ति–काठमाडौँ, मस्याङ्दी–काठमाडौँ, सोलु आदि करिडोर तथा इनरुवा ढल्केवार हेटाँैडा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न गर्ने बताइएको छ । बुटवल–गोरखपुर, बुटवल–अत्तरिया, कर्णाली करिडोर, भेरी करिडोर, सेती करिडोर, कोशी करिडोरका ४०० केभी प्रसारण लाइन निर्माणका लागि अघि बढाइने जानकारी दिइयो ।    
    
सरकारले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा विद्युतीकरण गर्न वैकल्पिक ऊर्जा प्रणाली जडान गरिने तथा वितरण लाइन तथा सवस्टेशनको क्षमता वृद्धि गर्दै वितरण प्रणालीको गुणस्तर सुधार गर्ने कार्यक्रम अघि सारेको छ ।    
    
शहरी क्षेत्रमा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यलाई विस्तार गर्दै लैजाने तथा स्मार्ट मिटर जडान कार्यलाई देशभर विस्तार गर्ने, सवस्टेशन अटोमेसनलाई अघि बढाउने नीति अघि सारेको छ । चोरी तथा चुहावट नियन्त्रणलाई प्रभावकारी ढङ्गले अघि बढाउन हाल चुहावट बढेर करिब १७ प्रतिशत (१६.९३) पुगेको तथा १ प्रतिशत चुहावट बराबर झन्डै ८० करोड हुन् आउने जानकारी दिइयो ।    
    
कृषि उत्पादनलाई बढाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन खेतियोग्य जमिनमा सिँचाइका लागि विद्युतीकरण अगाडि बढाउने तथा कृषि उत्पादन वृद्धि गर्दै कृषिजन्य वस्तुको आयात घटाउन किसानलाई सिँचाइमा प्रयोग हुने विद्युत्मा अधिकतम सहुलियत प्रदान गर्ने कार्यक्रम रहेको छ ।    
    
गत आर्थिक वर्षमा मात्रै रु एक खर्ब ६० अर्ब ५३ करोड बराबको पेट्रोलियम पदार्थ आयात भएकामा डिजेल रु ९१ अर्ब ९४ करोड, पेट्रोल रु ३२ अर्ब ४४ करोड र एलपी ग्यास रु ३६ अर्ब १५ करोड छ ।    
    
वर्षभित्र ५० वटा चार्जिङ स्टेशन    
    
सरकारले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विस्थापित गर्दै विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्दै लान विद्युत् महसुलमा सहुलियत दिने र यसै वर्षभित्र ५० वटा चार्जिङ स्टेशन निर्माण गरिने उल्लेख गरिको छ ।    
    
हेभी ड्युटीका गाडीबाहेक अन्य प्रयोजनका लागि मन्त्रालय र मातहतका कार्यालयले विद्युतीय गाडी खरिद गर्ने तथा बढी भएको विद्युत् निर्यात गर्न अन्तरदेशीय विद्युत् बजारको सुनिश्चितता गर्ने नीति अघि सारेको छ ।    
    
मन्त्री भुसालले भन्नुभयो, “पारदर्शीता, उत्तरदायित्व बहन र सुशासनलाई पहिलो प्राथमिकतामा राख्दै भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता अपनाइने छ ।” उपयुक्त स्थानमा उपयुक्त व्यक्तिका आधारमा जिम्मेवारी प्रदान गरिने तथा कामका आधारमा दण्ड र पुरस्कारको व्यवस्थालाई कडाइका साथ लागू गरिने जानकारी दिइयो ।    
    
विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गर्ने, नवीकरण गर्ने कार्यलाई पारदर्शी र प्रभावकारी बनाउने र निजी क्षेत्रबाट सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाको गुणस्तर कायम गर्न अनुगमनलाई तीव्रता दिने नीति अघि सारिएको छ ।    
    
अनुसन्धानात्मक कार्यलाई प्रोत्साहन गर्न अध्ययन संस्थासँग सहकार्य गर्ने तथा जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने बताइएको छ ।    
    
महसुलमा ८० प्रतिशत    
    
देशभरको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने गरी कार्यक्रम तयार गर्ने तथा स्यालो ट्युबवेल सिमान्तकृत र साना कृषकको जीवनस्तर उठाउने माध्यम भएकाले विद्युत् बढी माग हुने समयमा महसुलमा ८० प्रतिशत र अन्य समयमा पूर्णरूपमा छुट दिइने जानकारी दिइयो ।    
    
उक्त कार्यक्रमबाट तीन लाख ८८ हजार घरधुरीका कृषकको जीवनस्तर उठाउन महत्वपूर्ण योगदान हुने मन्त्री भुसालले बताउनुभयो । उक्त सहुलियतबाट आगामी दिनमा कृषक स्वतःस्फूर्तरुपमा ट्युबवेल जडानमा प्रोत्साहन मिल्ने र सिञ्चित क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान हुने मन्त्रालयले विश्वास लिएको छ ।    
    
डिप ट्युबवेलमा विद्युत् बढी माग हुने समयमा महसुलको ५० प्रतिश र अन्य समयमा ८० प्रतिशत छुट दिइने भएकाले यसबाट ट्युबवेल पूर्ण क्षमतामा सञ्चालन भई ७५ हजार घर धुरी कृषक लाभान्वित हुने सरकारले विश्वास लिएको छ ।    
     
सिँचाइको प्रबन्धले बाली सघनता र कृषि बाली उत्पादन वृद्धि भई खाद्य सुरक्षा र व्यापार घाटा न्यूनीकरणमा योगदान दिने बताइएको छ । सरकारले सतहको पानी लिफ्ट प्रविधि प्रयोग गरी कृषिमा प्रयोग गर्ने कृषकलाई विद्युत् बढी माग हुने समयमा ५० प्रतिशत र अन्य समयमा ८० प्रतिशत छुट दिइने हुनाले त्यसबाट नगदे बालीको व्यापक विस्तारमा सहयोग पु¥याउने विश्वास लिएको छ । विद्युत् छुट दिँदा मासिकरूपमा मासिक करिब रु ७० करोड खर्च लाग्नेछ ।    

Tags: राष्ट्रीय खबर

Discussion about this post

Related Posts

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

महालक्ष्मी ब्रतः धनधान्य र ऐश्वर्य प्राप्तिका लागि १६ दिने यात्रा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि