विनोद महतो/धनुषा/साउन २६ गते ।आपसी विवादमा कु टा कु ट हुँदा धनुषामा एकजनाको ज्यान गएको छ ।
आपसी विवादमा झै झ गडा हुँदा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ६ सखुवा बजार नयाँ टोलका करिव ३५ वर्षीय ओम मल्लिक डोमको ज्यान गएको हो । ओमको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा गएराति ज्यान गएको पारिवारिक स्रोतले बताएको छ ।
गएको साउन १८ गते सोमबार राति १० बजेको समयमा आफ्नै छिमेकी २७ वर्षीय राकेश राय कुर्मीसँग ओमको आपसी विवादमा झ ग डा भएको थियो । झ ग डा कै क्रममा राकेशले ओमको पेटमा खु कुरी प्रहार गरेका थिए । झ ग डा कै क्रममा राकेशले ओमको पेटमा आत समेत काटिने गरी कुखुरी प्रहार गरेका थिए भने राकेशको दिदी ३५ वर्षीया रिंकी देवी कुर्मीले टाउँकोमा चिर्पट प्र हा र गरेको स्थानीय प्रत्यदर्शीले बताएका छन् ।
स्रोतका अनुसार कुखुरीले पेट का टिएर र टाउकोमा चिर्पटले चोट लागेर गम्भीर अवस्थामा पुगेका ओमको तत्कालै महेन्द्रनगरमा प्राथमिक उपचार गरिएको थियो । तर अवस्था गम्भीर भएपछि जनकपुर रिफर गरिएको थियो । जनकपुरमा समेत उपचार सम्भव नभएपछि धरान रेफर गरिएको र धरानमा पनि अवस्था विग्रदै गएपछि विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको थियो । त्यहाँ उपचारकै क्रममा गएराति ओमको ज्यान गएको स्थानीयबासीले बताएका छन् । ओमको एक श्रीमति, दुई छोरी र एक छोरा रहेका छन् ।
मृत्तक ओमको श्रीमति मुर्छित छन् भने घरमा रुवावासी छाएको छ । यता ओमको श व महेन्द्रनगर ल्याइदै छ । शव महेन्द्रनगरमा ल्याएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगर अगाडी ह त्या रा लाई पक्राउ र कारवाही गर्न दवाव दिने पीडितका आफन्तहरुले बताएका छन् । यता ओमको मृ त्यु भएपछि राकेश अहिले फ रा र भएका छन् भने प्रहरीले पनि घटना विषयमा कुनै चासो नदेखाएको पीडित परिवारजनको गुनासो छ ।
१८ साउनमा झ ग डा भएको र १९ साउन मंगलबार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा निवेदन दिएपनि प्रहरीले ह त्या का आरोपी राकेशलाई प क्रा उ नगरेको भन्दै पीडित परिवारका आफन्तजन आ क्रो शि त भएका छन् ।
यसैबीच ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले घटनाको अनुसन्धानका लागि घटनासँग सम्बन्धित एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक तिलक बहादुर सुनारले घटना सम्बन्धमा निवेदन परेको र घाइतेको उपचारको क्रममा मृ त्यु भएको खबर लगतै घटनासँग सम्बन्धित एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताएका छन् । प्रहरी निरिक्षक सुनारले नियन्त्रणमा लिएको व्यक्तिको नाम खुलाउन चाहेनन् ।














Discussion about this post