सप्तरी/श्रावण १८ गते। हिजो चो री भएको सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठको भगवतीको चाँदीको मुकुट भेटिएको छ ।
आज बिहान ७ बजेतिर उक्त मुकुट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले बताए ।
मुकुट चो री गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका– ५ का राजेश मण्डललाई नियन्त्रण लिएको काफ्लेले जानकारी दिए ।
प्रहरीका अनुसार मुकुट लिएर हिँडिरहेको अवस्थामा विष्णुपुर गाउँपालिका- ५, मझाउ गाउँबाट मण्डललाई नियन्त्रणमा लिइएको हो । मण्डलको मानसिक अवस्था ठीक नभएको जानकारी आएको र यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भगवतीको मस्तकमा लगाइएको चाँदीको मुकुट आइतबार साँझ सवा ७ बजेतिर चो री भएको थियो । साँझको बेला पुजारीहरू पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको ईलाका प्रहरी कार्यालय सखडाका प्रहरी नायव निरीक्षक राम पुकार महतोले जानकारी दिए ।





















Discussion about this post