शुभ नारायण यादव /सप्तरी/श्रावण १७ गते।नेपालकै प्रसिद्ध शक्तिपीठ भगवति मन्दिरमा चो री भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आइतवार साँझ चो री भएको छ ।
साँझ करिब सबा ७ बजेतिर चाँदीको मुकुट चो री भएको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए ।साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चो री भएको ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोले बताए ।
मुकुटको खोजी तीव्र पारिएकोे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद काफ्लेले बताए ।





















Discussion about this post