काठमाडौँ/भदौ १८ गते। टम हल्यान्ड अभिनीत चलचित्र ‘स्पाइडर-म्यान: ब्रान्ड न्यु डे’ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ।
विश्वभरबाट २.३३५ अर्ब अमेरिकी डलर (करिब २ लाख ९५ हजार करोड नेपाली रुपैयाँ रुपैयाँ) कमाइ गर्दै यो चलचित्र इतिहासकै तेस्रो सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको हो।
प्रदर्शनमा आएको ३१ दिनभित्रै यस चलचित्रले ‘अवतार: द वे अफ वाटर’ को कमाईलाई पछाडि पारेको हो। साथै, यो फिल्मले ‘अवतार’ र ‘एभेन्जर्स: एन्डगेम’ पछि इतिहासकै तेस्रो सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको छ।
यसैगरी, यो सन् २०२६ मा रिलिज भई सबैभन्दा बढी कमाउने फिल्मको सूचीको शीर्ष स्थानमा समेत उक्लिएको छ। बक्स अफिस चार्टका अनुसार विभिन्न देशहरूमा फिल्मले गरेको मुख्य कमाइ विवरण यस प्रकार छ:
उत्तर अमेरिका (अमेरिका र क्यानाडा): ८९.३७ करोड डलर अर्थात ८९३.७ मिलियन)
चीन: २२.७४ करोड डलर अर्थात २२७.४ मिलियन)
संयुक्त अधिराज्य (युके): १२.५२ करोड डलर अर्थात १२५.२ मिलियन)
मेक्सिको: ८.८२ करोड डलर अर्थात ८८.२ मिलियन)
फ्रान्स: ८.१६ करोड डलर अर्थात ८१.६ मिलियन)
ब्राजिल: ७.०२ करोड डलर अर्थात ७०.२ मिलियन)
अस्ट्रेलिया: ५.७१ करोड डलर अर्थात ५७.१ मिलियन)
अर्जेन्टिना: १.०५ करोड डलर अर्थात १०.५ मिलियन)
यी प्रमुख बजारबाहेक विश्वका अन्य ६० भन्दा बढी अन्तर्राष्ट्रिय देशहरूबाट मात्रै फिल्मले १.४४ अर्ब अमेरिकी डलर बराबरको व्यापार गरेको छ।















Discussion about this post