nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रेखा थापाकाे जन्मदिन, जाे हुन् नेपाली सिनेमाकी एक सर्बकालिक ‘सुपरस्टार’तेजन खड्का

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ५, २०८३, १:१२ मध्यान्ह
रेखा थापाकाे जन्मदिन, जाे हुन् नेपाली सिनेमाकी एक सर्बकालिक ‘सुपरस्टार’तेजन खड्का

काठमाडौं/भदौं ५ गते । नेपाली चलचित्रमा ‘सुपरस्टार’को पहिचान बनाएकी अभिनेत्री रेखा थापाको आज जन्मदिन।

अभिनय यात्राको दुई दशकभन्दा लामो समय पार गरिसकेकी रेखा नेपाली चलचित्रकी ती अभिनेत्रीमध्ये एक हुन्, जसले पर्दामा आफ्नो छुट्टै प्रभाव छाड्न सफल भएकी छन्।

जन्मदिनको अवसरमा रेखालाई चलचित्रकर्मी, सहकर्मी कलाकार, शुभेच्छुक तथा प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत शुभकामना दिइरहेका छन्। उनलाई शुभकामना दिनेहरूको सन्देशमा एउटै भावना बढी देखिन्छ– रेखाको चलचित्र यात्रा अझै लामो र सफल रहोस्।

रेखाले सन् २००० मा चलचित्र ‘हिरो’ बाट अभिनय यात्रा सुरु गरेकी थिइन्। सामान्य रूपमा सुरु भएको उनको चलचित्र यात्रा विस्तारै लोकप्रियताको उचाइमा पुग्यो। त्यसपछि उनले नेपाली चलचित्रमा एक पछि अर्को प्रभावशाली भूमिका निर्वाह गर्दै आफ्नो छुट्टै स्थान बनाइन्।

‘मितिनी’, ‘हामी तीन भाइ’, ‘किस्मत’, ‘हिम्मत’, ‘बाटोमुनिको फूल’, ‘कसले चोर्‍यो मेरो मन’, ‘हिफाजत’, ‘अन्दाज’, ‘साथी म तिम्रो’, ‘लंक’, ‘रावण’, ‘काली’, ‘वीर’, ‘हिम्मतवाली’, ‘तथास्तु’, ‘रामप्यारी’, ‘रुद्रप्रिया’ लगायतका चलचित्र उनको अभिनय यात्राका महत्वपूर्ण पाटा हुन्।

यीमध्ये केही चलचित्रले उनलाई व्यावसायिक रूपमा सफल अभिनेत्रीका रूपमा स्थापित गरे भने केही चलचित्रले उनको अभिनयको फरक पक्ष दर्शकमाझ ल्याए। विशेषगरी ‘किस्मत’, ‘हिम्मत’, ‘कसले चोर्‍यो मेरो मन’, ‘काली’, ‘हिम्मतवाली’ र ‘रामप्यारी’ जस्ता चलचित्र उनको लोकप्रियताको यात्रामा महत्वपूर्ण मानिन्छन्।

रेखाको लोकप्रियता उनको अभिनयमा मात्र सीमित छैन। पर्दामा आत्मविश्वासी र प्रभावशाली उपस्थिति, बलियो महिला पात्रको भूमिकाप्रतिको रुचि तथा आफ्नै शैलीमा चलचित्र क्षेत्रमा अघि बढ्ने स्वभावले उनलाई अन्य अभिनेत्रीभन्दा अलग पहिचान दिलाएको छ।

नेपाली चलचित्रमा नायिकालाई प्रायः सहायक भूमिकामा सीमित गरिने समयदेखि नै रेखाले आफूलाई केन्द्रमा राखेर चलचित्र निर्माण हुने अवस्था सिर्जना गर्न सफल भइन्। यही कारण उनको नाम नेपाली चलचित्रको एउटा निश्चित कालखण्डसँग जोडिएर आउने गर्छ।

अभिनेत्रीबाट निर्देशकसम्म

रेखाले अभिनयसँगै चलचित्र निर्माण र निर्देशनमा समेत आफ्नो सक्रियता बढाइन्। ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता चलचित्रमा उनको अभिनयसँगै निर्माण तथा निर्देशन पक्षमा समेत भूमिका रह्यो।

विशेषगरी ‘मालिका’मार्फत उनले सामाजिक विषयलाई चलचित्रसँग जोड्ने प्रयास गरिन्। यसले रेखाको परिचय अभिनेत्रीबाट विस्तार गर्दै फिल्ममेकरका रूपमा समेत स्थापित गर्‍यो।

जन्मदिनमा नयाँ चलचित्रको चर्चा

रेखाको जन्मदिनकै अवसरमा उनको निर्देशन रहेको बहुप्रतीक्षित चलचित्र ‘माया भनेको यस्तै होला’ पनि चर्चामा छ। चलचित्र भदौ २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

जन्मदिन मनाइरहेकै समयमा नयाँ चलचित्र लिएर दर्शकमाझ पुग्ने तयारीले रेखाको चलचित्रप्रतिको निरन्तरता देखाउँछ। अभिनेत्रीका रूपमा लामो समय दर्शकको माया पाएकी रेखाले अब निर्देशकका रूपमा दर्शकको प्रतिक्रिया पर्खिरहेकी छन्।

दुई दशकपछि पनि उस्तै चर्चा

चलचित्र क्षेत्रमा नयाँ पुस्ताका कलाकारको आगमन निरन्तर भइरहँदा पनि रेखाको चर्चा भने सेलाएको छैन। उनको नामसँग जोडिएको स्टारडम नेपाली चलचित्रमा अझै बलियो देखिन्छ।

उनको यात्रा सफलता मात्र होइन, उतारचढावको पनि यात्रा हो। तर आलोचना र चुनौतीबीच पनि चलचित्र क्षेत्रबाट आफूलाई अलग नगरी निरन्तर सक्रिय रहनु उनको करिअरको महत्वपूर्ण पक्ष हो।

आज जन्मदिन मनाउँदै गर्दा रेखाको यात्रालाई फर्केर हेर्दा ‘हिरो’बाट सुरु भएको एउटा अभिनेत्रीको कथा नेपाली चलचित्रकी चर्चित ‘सुपरस्टार’ हुँदै निर्माता र निर्देशकसम्म पुगेको देखिन्छ।

दर्शकले दिएको माया र चलचित्रप्रतिको निरन्तरतालाई आफ्नो यात्राको बल बनाउँदै आएकी रेखाका लागि आजको दिन विशेष छ। जन्मदिनको अवसरमा चलचित्रकर्मी तथा प्रशंसकहरूले उनलाई सु(स्वास्थ्य, दीर्घायु, सुख, शान्ति र आगामी चलचित्र यात्राको सफलताको शुभकामना दिइरहेका छन्।

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

अभिषेक बच्चन भन्छन, ‘सुत्नु अघि श्रीमतीसँग तीन पटक सरी भन्नुहोस्, जीवन सफल हुन्छ’

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

भदौ २३ गते नागरिकलाई सडकमा उत्रिन रवि किरण हमालको अपिल

पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा

पार्टीमा ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी सोच हावीः कमल थापा

‘रहमान डकैत’बाट अक्षय खन्ना असुरका गुरू ‘शुक्राचार्य’मा भए परिणत

‘रहमान डकैत’बाट अक्षय खन्ना असुरका गुरू ‘शुक्राचार्य’मा भए परिणत

पोर्चुगलमा बुर्का माथी प्रतिबन्ध, लगाए ३ हजार युरोसम्म जरिवाना

पोर्चुगलमा बुर्का माथी प्रतिबन्ध, लगाए ३ हजार युरोसम्म जरिवाना

यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस

यी पाँच गल्तीका कारण फाटछ दूध, अब यसरी जोगाउनु होस

सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

सुनिता आहुजाले फिर्ता लिइन गोविन्दाविरुद्धको सम्बन्धविच्छेदको मुद्दा 

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

अल्लु अर्जुनको फिल्ममा अब हलिउड स्टार विल स्मिथ पनि देखि

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

चामलमा सिलासा (किरा) परयो, उसो भए तेजपत्ता राखिदिनुहोस

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि