nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २७, २०८३, ६:४१ मध्यान्ह
रतौली युवा क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

महोत्तरी/साउन २७ गते । सिबिएम ग्लोबलको आर्थिक सहयोग तथा रतौली युवा क्लबद्वारा सञ्चालित ‘क्लेक्टिभ एक्सन फर इनक्लुसिभ प्राक्टिस’ (क्याप) परियोजनाअन्तर्गत महोत्तरी गाउँपालिका र बलवा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री तथा स्वरोजगारका लागि बिउ पुँजी वितरण गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार, पहुँच तथा सहभागिता सुनिश्चित गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा स्थानीय तहको योजना निर्माणदेखि कार्यान्वयन तहसम्म अपाङ्गता भएका व्यक्तिहरूको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमका व्यवस्थापक रुपेश कुमार ठाकुरका अनुसार अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूलाई आवश्यक सहायक सामग्री उपलब्ध गराउने तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। स्थानीय सरकारले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकताअनुसार सहायक सामग्री उपलब्ध गराउने जिम्मेवारीलाई थप प्रभावकारी बनाउन पनि परियोजनाले सहजीकरण गर्दै आएको उनले बताए।

यसैक्रममा प्राविधिकबाट नापजाँच तथा आवश्यकता पहिचान गरिएका लाभग्राहीहरूलाई ९ थान ह्विलचेयर वितरण गरिएको छ। ह्विलचेयर प्राप्त गरेपछि अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक आवतजावत, सामाजिक गतिविधि तथा सार्वजनिक सेवामा पहुँच बनाउन सहज हुने विश्वास गरिएको छ।

त्यस्तै, अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक रूपमा सशक्त बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले ५ जनालाई स्वरोजगार सञ्चालनका लागि बिउ पुँजी अन्तर्गत विभिन्न सामग्री प्रदान गरिएको छ। लाभग्राहीहरूलाई ठेला, खाजा पकाउने सामग्री तथा चप्पल पसल सञ्चालनका लागि आवश्यक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरीले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्नु केवल सामग्री वितरणमा सीमित नराखी उनीहरूको अधिकार, पहुँच, सम्मान र आत्मनिर्भरता सुनिश्चित गर्नुपर्ने बताए। उनले स्थानीय सरकारसँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक कार्यक्रम तथा सेवाहरूलाई प्रभावकारी बनाउन क्लबले निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेयले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकारको विकास प्रक्रियामा समान रूपमा सहभागी गराउनुपर्नेमा जोड दिए। उनले अपाङ्गता भएका नागरिकको आवश्यकता पहिचान गरी उनीहरूको जीवन सहज बनाउने कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकतामा राख्ने बताए।

बलवा नगरपालिकाका मेयर राम विजय महतोले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री तथा स्वरोजगारका अवसर उपलब्ध गराउने कार्यक्रम आवश्यक र प्रभावकारी रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग तथा अवसर प्रदान गरेर उनीहरूलाई समाजमा सम्मानपूर्वक र आत्मनिर्भर जीवनयापन गर्ने वातावरण बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा दुवै स्थानीय तहले अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहायक सामग्री खरिद गर्न बजेटसमेत विनियोजन गरेको जानकारी गराइएको थियो। स्थानीय तहले बजेट छुट्याएर अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता सम्बोधन गर्न थालेसँगै आगामी दिनमा सहायक सामग्रीको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

रतौली युवा क्लबका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री उपलब्ध गराउनुका साथै स्वरोजगारका लागि बिउ पुँजी प्रदान गर्दा उनीहरूको दैनिक जीवन सहज हुनुका साथै सामाजिक तथा आर्थिक समावेशीकरणमा समेत सकारात्मक प्रभाव पर्नेछ।

कार्यक्रममा रतौली युवा क्लबका कार्यकारी निर्देशक बैद्यनाथ चौधरी, महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीप कुमार पाण्डेय, बलवा नगरपालिकाका मेयर राम विजय महतो, कार्यक्रम व्यवस्थापक रुपेश कुमार ठाकुर, रतौली युवा क्लबका कर्मचारी तथा महोत्तरी गाउँपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।

रतौली युवा क्लबले आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, पहुँच र अवसर विस्तारका लागि स्थानीय सरकार तथा अन्य सरोकारवाला निकायसँग सहकार्य गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि