टोकियो/साउन ७ गते। जापानमा तापक्रम बढ्दै जाँदा कार्यालयमा पुरुषहरूले सर्ट्स (छोटो पाइन्ट) लगाउने विषयमा बहस सुरु भएको छ।
टोकियो महानगर सरकारले आफ्ना कर्मचारीहरूलाई सुट र टाईको सट्टा टी सर्ट, स्पोर्टस सुज र सर्ट्सजस्ता अनौपचारिक पहिरन लगाउन प्रोत्साहन गरे पछि नयाँ बहस सुरू भएको हो ।
टोकियोकी गभर्नर युरिको कोइकेले अप्रिल महिनामा ‘टोकियो कूल बिज’ अभियानको सुरुवात गरेकी थिइन । यसको उद्देश्य अत्यधिक गर्मीको समयमा कार्यालयमा अझ आरामदायी कपडा लगाउने विकल्प मानिसहरूलाई उपलब्ध गराउनु हो। करिब चार महिनापछि, काममा छोटो पाइन्ट (सर्ट्स) लगाउन पाइने नयाँ व्यवस्था प्रति मिश्रित प्रतिक्रिया देखिएको छ।
केही महिलाहरूले पुरुष सहकर्मीहरूको खुट्टाको रौं देख्दा असहज महसुस हुने बताएका छन्। अनलाइनमा यसलाई ‘सानेहारा’ भनिने गरिएको छ—यो शब्द ‘खुट्टाको रौं सम्बन्धी दुर्व्यवहार’ सँग जोडिएको छ।















Discussion about this post