नयाँ दिल्ली/श्रावण २ गते। नयाँदिल्लीको जन्तर मन्तरमा २१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई प्रहरीले शनिबार बिहान अचानक अस्पताल लगेको छ ।
प्रदर्शनकारीहरूले प्रहरीको कदमको प्रतिवाद गरेपछि त्यहाँ होहल्ला मच्चिएको थियो। वाङचुकलाई अहिले सफदरजंग अस्पतालमा भर्ना गरिएको छ।
वाङचुक प्रश्नपत्र चुहावट प्रकरणको छानबिन र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी आमरण अनशनमा छन्। अनसनका कारण उनको तौल ९.५ किलोग्रामभन्दा बढी घटिसकेको छ।
बिहीबार दिल्ली उच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई वाङचुकको दैनिक स्वास्थ्य जाँच सुनिश्चित गर्न तथा आवश्यक परेमा उपचारको व्यवस्था गर्न आदेश दिएको छ। चिकित्सकहरूका अनुसार वाङचुकको तौल अहिलेसम्म करिब ९.५ किलोग्राम घटिसकेको छ। शुक्रबार २४ घण्टाको अवधिमा उनको तौल थप ३५० ग्रामले घटेर ५६.५५ किलोग्राममा झरेको छ।















Discussion about this post