nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

गिरिजानन्द साह गिरिजानन्द साह
साउन २, २०८३, ४:२७ मध्यान्ह
पाकिस्तानमा ‘गिलगिट-बाल्टिस्तान’लाई बनाईदैँछ नयाँ पाँचौं प्रदेश

इस्लामबाद/श्रावण २ गते। पाकिस्तानले आफ्नो अवैध कब्जामा रहेको क्षेत्र ‘गिलगिट–बाल्टिस्तान’ लाई देशको पाँचौं प्रदेश बनाउने प्रक्रिया सुरु गरेको छ।

गत बिहीबार गिलगिट बाल्टिस्तान सभाले संविधान संशोधनमार्फत यस क्षेत्रलाई प्रदेशको दर्जा प्रदान गर्न केन्द्रीय सरकारलाई आग्रह गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरे पछि नयाँ प्रदेश बनाउने वाटो खुला गरेको हो ।

प्रस्तावमा गिलगिट बाल्टिस्तानका जनतालाई पाकिस्तानका अन्य प्रान्तका नागरिकसरह समान संवैधानिक, राजनीतिक र लोकतान्त्रिक अधिकार प्रदान गरिनु पर्ने उल्लेख छ। साथै, यसले उक्त क्षेत्रलाई राष्ट्रिय सभा, सिनेट र अन्य संघीय संवैधानिक निकायहरूमा प्रतिनिधित्व उपलब्ध गराउनु पर्ने माग पनि गरेको छ।

यस प्रस्तावमा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र दुई स्वतन्त्र विधायकको हस्ताक्षर रहेको छ। अब यसलाई थप स्वीकृतिका लागि पाकिस्तानको संसदमा पठाइनेछ।

हाल पाकिस्तानमा पञ्जाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा गरी चारवटा मात्र प्रान्तहरू छन्। गिलगिट बाल्टिस्तानले हालसम्म सीमित स्वायत्तता अन्तर्गत काम गर्दै आएको छ र यसले पाकिस्तानका अन्य प्रान्तहरूको जस्तो संवैधानिक हैसियत प्राप्त भने गरेको छैन।

प्रस्तावमा गिलगिट बाल्टिस्तानलाई स्थायी नभई अस्थायी आधारमा प्रान्तको दर्जा दिइने उल्लेख छ। भविष्यमा जम्मु कश्मीर विवादको समाधान निस्किएमा, सो क्षेत्रको दर्जा तदनुरूप पुनः निर्धारण गर्न सकिनेछ।

यसका साथै, उक्त प्रस्तावमा गिलगिट बाल्टिस्तानलाई राज्यको दर्जा नदिइँदासम्म पाकिस्तानको केन्द्रीय सरकार र चारवटै प्रान्तले सो क्षेत्रलाई सरकारी कोष र राष्ट्रिय स्रोत साधनको उचित हिस्सा उपलब्ध गराउने सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। अर्को शब्दमा भन्नुपर्दा अन्य प्रान्तहरू लाई झैँ गिलगिट बाल्टिस्तानलाई पनि विकास बजेट छुट्याइनुपर्छ।

सन् १९४७ पछिका केही दशकहरू सम्म गिलगिट बाल्टिस्तानको प्रशासन प्रत्यक्ष रूपमा पाकिस्तानको केन्द्रीय सरकारको नियन्त्रणमा रह्यो। यस क्षेत्रले न त प्रान्तीय दर्जा पायो, न त यहाँका जनताले आफ्ना प्रतिनिधिमार्फत स्वशासन सञ्चालन गर्ने अधिकार नै पाए।

सन् २००९ मा पाकिस्तानले ‘गिलगिट बाल्टिस्तान सशक्तीकरण तथा स्वशासन आदेश’ लागू गर्‍यो। यसअन्तर्गत त्यहाँ पहिलो पटक व्यवस्थापिका सभाको निर्वाचन भयो र स्थानीय सरकार गठन गरियो। यद्यपि, उक्त सभाको अधिकार सीमित थियो र मुख्य निर्णयहरू केन्द्रीय सरकार तथा प्रधानमन्त्रीकै हातमा रहे।

त्यसपछि ‘गिलगिट बाल्टिस्तान आदेश २०१८’ लागू गरियो, जसले स्थानीय व्यवस्थापिका सभा र मुख्यमन्त्रीलाई पहिले भन्दा बढी अधिकार प्रदान गर्‍यो। यति हुँदाहुँदै पनि गिलगिट बाल्टिस्तान अझैसम्म पाकिस्तानको संवैधानिक राज्य बन्न सकेको छैन।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन  : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

जनताको पीडा नबुझ्ने सरकारको आयु लामो हुन सक्दैन : पूर्वउपप्रधानमन्त्री रघुवीर महासेठ

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचार समावेशी तथा मानवअधिकारमैत्री बनाउन सञ्चारमाध्यमलाई आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

‘लेवल’ नभएका ‘फुटवेयर’ विक्री वितरण नगर्न विभागको आग्रह

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

इन्धन र विद्युतीय चार्जिङमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

विश्वकपमा सामाजिक सञ्जालका स्टार बनेका पाँच फुटबल खेलाडी

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

रौतहटमा शंकास्पद साढे ५ लाख रुपैयाँसहित भारतीय पक्राउ

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

२१ दिनदेखि अनशनरत सोनम वाङचुकलाई दिल्ली प्रहरीले लग्यो अस्पताल

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

डिपसिकका सीईओ लियाङ बने सबैभन्दा धनी ‘एआई स्टार्टअप’

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

क्यानडामा लागेको डढेलोले अमेरिकाको आकाश बन्यो सबैभन्दा प्रदुषित

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

बर्षायाममा आउने डन्डिफोर रोक्न, अपनाउनुहोस् यो तरिका

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!