nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

किन गरयो हमासले एक्कासी गाजाको सत्ता छाडेको घोषणा ?

गिरिजानन्द साह गिरिजानन्द साह
असार २५, २०८३, ६:३९ मध्यान्ह
किन गरयो हमासले एक्कासी गाजाको सत्ता छाडेको घोषणा ?

गाँजा/असार २५ गते । हमासले गाजामा सत्ता छोड्ने घोषणा गरेको छ। उसले आफ्नो सरकार विघटन गरी प्रशासनको जिम्मा ‘गाजा प्रशासनका लागि राष्ट्रिय समिति’लाई सुम्पिने जनाएको छ।

अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौता भए पनि इजरायलले गाजामा आक्रमण नरोकेको अवस्थामा हमासले यो निर्णय लिएको हो। गाजामा भएका इजरायली आक्रमणहरूमा हालसम्म ७३ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने करिब १ लाख ७५ हजार भन्दा बढी मानिस घाइते भएका छन्।

करिब दुई वर्षसम्म चलेको द्वन्द्व पछि इजिप्टमा भएको लामो वार्ताको फलस्वरूप दुवै पक्ष युद्धविराम सम्झौतामा पुगेका थिए, यस सम्झौतामा बन्दीहरूको आदानप्रदान पनि समावेश थियो। तर, अमेरिकाको मध्यस्थतामा भएको यो युद्धविराम सम्झौताले प्रगति गर्न सकिरहेको छैन। इजरायलले गाजामा निरन्तर बमबारी गरिरहेको छ।

हमासले सत्ता हस्तान्तरण गरिसकेको अवस्थामा इजरायलले गाजामा थप आक्रमण नगर्ने आशा व्यक्त गरेको छ। हमासको भनाइ छ कि सत्ताबाट आफ्नो बहिर्गमनले गाजाबाट इजरायली सेनाको फिर्ती र राहत सामग्रीको आपूर्ति पुनः सुरु हुने वातावरण बनाउनेछ, जसले गर्दा त्यहाँका जनताले भोकबाट राहत पाउने छन्।

यसैबीच, विज्ञहरूको बुझाइमा सत्ता हस्तान्तरण गरेर हमासले इजरायल माथि दबाब सिर्जना गर्ने उद्देश्य राखेको छ। यस कदममार्फत ऊ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो सन्देश दिन चाहन्छ कि ऊ गाजामा सत्ता छोड्न र युद्धबाट थलिएको उक्त क्षेत्रको शान्तिपूर्ण पुनर्निर्माणमा सघाउन तयार छ।

हमासले यो निर्णयले इजरायली आक्रमण रोकिने, गाजाबाट इजरायली सेना फिर्ता हुने, राहत सामग्री वितरण पुनः सुरु हुने तथा जनताले भोकमरीबाट राहत पाउने अवस्था सिर्जना गर्ने पनि बताएको छ।

वास्तवमा, अक्टोबर २०२५ मा अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम पछि पनि गाजामा १ हजारभन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ। अक्टोबर २०२३ मा इजरायलले युद्ध सुरु गरेयता गाजामा कुल ७३ हजार भन्दा बढी मानिसहरूले ज्यान गुमाइ सकेका छन्। इजरायलले अझै पनि गाजाको करिब ७० प्रतिशत भूभाग नियन्त्रणमा राखेको छ, फलस्वरूप अधिकांश प्यालेस्टाइनीहरू निकै साना र अत्यधिक भीडभाड भएका क्षेत्रहरूमा बसोबास गरिरहेका छन्।

गाजा भू मध्य सागरको तटमा अवस्थित ४१ किलोमिटर लामो र १० किलोमिटर चौडा भू–भाग हो। यसको सिमाना इजिप्ट र इजरायलसँग जोडिएको छ। सन् २००७ देखि हमासले गाजा पट्टीमा शासन गर्दै आएको छ। हमासको पूरा नाम ‘हराकत अल मुकावामा अल इस्लामिया’ हो। सन् २००६ मा प्यालेस्टाइनमा भएको संसदीय निर्वाचनमा कट्टरपन्थी समूह मानिने हमासले संसदका कुल १३२ सिटमध्ये ७४ सिट जितेको थियो। यसको विपरीत, धर्मनिरपेक्ष मानिने महमुद अब्बासको नेतृत्वमा रहेको फताह पार्टीले भने ४५ सिट मात्र जित्न सक्यो। यस घटनाक्रमले उक्त क्षेत्रमा असन्तुष्टि बढायो।

यो असन्तुष्टिले हिंसात्मक रूप लियो। सन् २००७ मा हमासले गाजाबाट फताहका फौजहरूलाई लखेट्यो र त्यहाँ आफ्नो नियन्त्रण कायम गर्‍यो। यसको परिणाम स्वरुप प्यालेस्टाइन गाजा र वेस्ट बैंकमा विभाजित भयो। त्यसयता गाजामा हमासकै नियन्त्रण रहँदै आएको छ।

हमासका प्रशासनिक प्रमुख मोहम्मद अल फाराले आफ्नो पदबाट राजीनामा दिएका छन्। यसपछि, गाजाको प्रशासन ‘गाजा प्रशासनसम्बन्धी राष्ट्रिय समिति’ लाई हस्तान्तरण गरिनेछ। अल फाराको राजीनामा पश्चात् प्राविधिक तथा सरकारी सेवामा संलग्न कर्मचारीहरू मात्र आफ्नो पदमा कायम रहनेछन्, यसको उद्देश्य अस्पतालका साथै पानी, बिजुली र अन्य अत्यावश्यक सेवाहरूको नियमित सञ्चालन सुनिश्चित गर्नु हो।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को प्रस्ताव २८०३ र अमेरिकाको समर्थन प्राप्त २० बुँदे शान्ति योजनाअन्तर्गत सन् २०२६ को जनवरीमाको स्थापना गरिएको हो। यो गैर राजनीतिक प्यालेस्टिनी विज्ञहरूको नेतृत्वमा रहेको एक प्रशासनिक निकाय हो। हाल यसको मुख्यालय इजिप्टको कायरोमा अवस्थित छ किनकि इजरायलले यसका सदस्यहरूलाई गाजा प्रवेशको अनुमति दिएको छैन।

यस समितिले गाजाका जनताका लागि सेवा, सुशासन र विकाससम्बन्धी प्रमुख विभागहरूको निगरानी गर्नेछ। समितिका सबै सदस्यहरू प्यालेस्टिनी हुन्। डा. अली शाथ यसका प्रमुख आयुक्त हुन्। अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त सिभिल इन्जिनियर शाथले ऊर्जा, यातायात तथा वक्फ (धार्मिक गुठी) र धार्मिक सेवा सम्बन्धी कार्यहरूको रेखदेख गर्नेछन्।

 

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

जनकपुरधामबाट काठमाडौं पैदल मार्चमा निस्कीए मिटरब्याज पीडित

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

मधेशमा तीन वर्षमा मानव बेचबिखनका ११८ मुद्दा दर्ता

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

सरकार उम्लिएको दूध जस्तै हो, धेरै बेर टिक्दैनः केपी ओली

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

अवैध लागूऔषध खैरो हेरोइन सहित तीन जना पक्राउ

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको २६औँ बैठक सम्पन्न: कोष सञ्चालन कार्यविधि स्वीकृत

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

कर्मचारी कुटिएको विरोधमा कालिकामाई गाउँपालिका तीन दिनदेखि ठप्प

धनुषामा एक युवती को लाश फेला

रौतहटमा नहरमा युवतीको शव फेला

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

अमेरिकी हमलामा पर्दा १४ इरानीको मृत्यु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!