धनुषा/जेठ १५ गते । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज ११ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
नेपालको संविधानको धारा १८४ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखमार्फत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिने सचिवालयले जनाएको छ ।
सरकारले ल्याउने नीति तथा कार्यक्रममा आगामी वर्षका प्राथमिकता, विकास योजना, आर्थिक रणनीति तथा विभिन्न क्षेत्रगत कार्यक्रम समेटिने अपेक्षा गरिएको छ । यसअघि वैशाख २२ गते कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि मधेश प्रदेश सरकार राजनीतिक रूपमा अस्थिर बनेको थियो ।
त्यसपछि मुख्यमन्त्री यादवले मधेशवादी दलबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गर्दै नयाँ सत्ता समीकरण निर्माण गरेका थिए । मुख्यमन्त्रीले मंगलबार मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि सरकार अब नीति तथा कार्यक्रममार्फत आगामी राजनीतिक तथा विकासको कार्यदिशा सार्वजनिक गर्ने तयारीमा जुटेको छ ।





















Discussion about this post