nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

गिरिजानन्द साह गिरिजानन्द साह
जेष्ठ ८, २०८३, ५:०५ मध्यान्ह
लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा/जेठ ८ गते । सिरहाको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।

नगरपालिका र निर्माण व्यवसायीबीच भएको सम्झौताअनुसार आगामी असार १५ गतेभित्रै भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । हाल लहानमा प्रादेशिक अस्पताल सञ्चालनमा छ । तर, उक्त अस्पतालमा सिरहाका मात्र नभई छिमेकी जिल्ला सप्तरी र उदयपुरसम्मका नागरिक उपचारका लागि आउने गरेका छन् । तीनवटा जिल्लाको साझा उपचार केन्द्रजस्तो बनेकाले प्रादेशिक अस्पतालमा दैनिक रूपमा बिरामीको अत्यधिक चाप हुने गरेको छ, जसका कारण सर्वसाधारणले समयमा पालो नपाउने र सास्ती खेप्नुपर्ने बाध्यता छ ।

अब सुविधासम्पन्न नगर अस्पताल बनेपछि प्रादेशिक अस्पतालमा बिरामीको चाप निकै घट्ने र व्यवस्थापन सहज हुने विश्वास लिइएको छ । लहान नगरवासीले आफ्नै नगर अस्पतालबाट आकस्मिक र विशेषज्ञ सेवा पाउने भएपछि प्रादेशिक अस्पतालमा छिमेकी जिल्लाबाट आउने सर्वसाधारणले पनि छिटोछरितो सेवा पाउने वातावरण बन्नेछ ।

निर्माणाधीन नगर अस्पतालको भवन मूल्य अभिवृद्धि कर (भ्याट)सहित कुल १२ करोड ५२ लाख १९ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको हो । लहान नगरपालिका र निर्माण कम्पनी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सबीच २०८० साल चैत १५ गते यसको निर्माण सम्झौता भएको थियो ।

लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले यस अस्पताललाई आफ्नो कार्यकालको एक महत्त्वपूर्ण र गौरवको आयोजनाका रूपमा लिएको बताउनुभयो । नगरप्रमुख चौधरीका अनुसार यो अस्पताल विशेषगरी आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित गरिब, विपन्न र ग्रामीण क्षेत्रका नागरिकका लागि वरदान सावित हुनेछ ।

उनले भने, “लहानमा प्रादेशिक अस्पताल भए पनि छिमेकी जिल्ला सप्तरी र उदयपुरदेखिका बिरामी आउने भएकाले त्यहाँ सधैँ चाप हुन्थ्यो । हाम्रा नगरवासीले सामान्य उपचारका लागि पनि लामो समय कुर्नुपर्ने अवस्था थियो । नगरमै यो अर्को सुविधासम्पन्न अस्पताल बनेपछि त्यो चाप स्वतः सहज हुनेछ । यो १५ शय्याको अस्पतालमा मुख्य रूपमा प्रसूति (मातृशिशु) तथा बालरोगसम्बन्धी विशिष्टीकृत सेवा उपलब्ध गराइनेछ । अहिले दुई तलाको काम सकिन लागेको छ भने तेस्रो तलामा आवश्यकताअनुसार थप संरचना व्यवस्थापनका लागि ट्रष्ट हाल्ने नगरको योजना छ ।”

अस्पताल भवनको प्राविधिक तथा भौतिक संरचना निकै सुविधासम्पन्न र वैज्ञानिक ढङ्गले डिजाइन गरिएको छ । निर्माण व्यवसायी मल्टिटेक कन्स्ट्रक्सन एन्ड सप्लायर्सका प्रबन्धक महेशकुमार देवका अनुसार अस्पतालमा कोठाको सङ्ख्या र व्यवस्थापन बिरामी तथा चिकित्सकलाई सहज हुनेगरी मिलाइएको छ ।

प्रबन्धक देवले निर्माणको प्रगतिबारे जानकारी दिँदै भने, “हामीले गुणस्तरमा कुनै सम्झौता नगरी दिनरात काम गरिरहेका छौँ । अस्पतालको पहिलो तलामा प्रशासनिक, आकस्मिक (इमर्जेन्सी) र ओपिडी सेवासहित ४० वटा कोठा रहनेछन् भने दोस्रो तलामा जनरल वार्ड, प्रसूतिगृह र अपरेसन थियटरसहित ६२ वटा कोठा रहनेछन् । सम्झौताको म्याद आगामी असार १५ गतेसम्ममात्र छ । हामी निर्धारित समयभित्रै सम्पूर्ण काम दुरुस्त पारेर स्थानीय सरकारलाई भवन हस्तान्तरण गर्ने दाबी गर्दछौँ ।”

हाल लहान नगरपालिकाको कुल जनसङ्ख्या एक लाख १० हजारभन्दा बढी छ । यो अस्पताल सञ्चालनमा आएपछि नगरका २४ वटै वडाका नागरिकले प्रत्यक्ष रूपमा गुणस्तरीय र सुलभ स्वास्थ्योपचार सेवा पाउनेछन् । विशेषगरी लहानको उत्तरी भेग र ग्रामीण क्षेत्रका गर्भवती तथा बालबालिका सामान्य उपचार र प्रसूति सेवाका लागि पनि टाढाका सहर वा निजी क्लिनिकमा महँगो शुल्क तिर्न बाध्य छन् । नगरले भवन हस्तान्तरणलगत्तै अस्पतालको आन्तरिक व्यवस्थापन र जनशक्ति मिलाएर सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

 

Tags: समाचारसिरहा खबर

Discussion about this post

Related Posts

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

रौतहटमा खुकुरी प्रहारबाट महिलाको मृत्यु

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश गृहमन्त्रालयको प्राथमिकतामा

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्तालाई ट्राफिक नियम उल्लंघनमा ५ सय रुपैयाँ जरिबाना

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

घरेलु हिंसामा गम्भीर घाइते संजनालाई अस्पतालमै पुगेर भेटे रास्वपा सांसद शिव यादव

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

स्वास्थ्यको कारण देखाउँदै बंगलादेशका राष्ट्रपति शहाबुद्दीनले दिए राजीनामा

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

हराएका ३१ मोबाइल धनीको हातमा, गरुडा प्रहरीको प्रविधिमैत्री अनुसन्धान सफल

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

जेसिआई जनकपुरधामद्वारा श्री राम युवा कमिटीका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

आईसीएफसी फाइनान्सको ५ वर्ष पुरानो नगद लाभांश बुझ्न आग्रह

मञ्जुश्री फाइनान्सको १,८६५ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

मञ्जुश्री फाइनान्सको ८.३९ लाखभन्दा बढी संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य १२० रुपैयाँ

सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

भारतबाट २५ हजार भारुसम्मका नोट ल्याउन पाइने:राष्ट्र बैंक

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!