nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २, २०८३, ८:५० बिहान
पतिको दिर्घायुको कामना गर्दै मिथिलाञ्चचलमा बरसाइत (बट सावित्री) पर्व मनाइयो,यस्तो छ पौराणिक कथा

Girijanand sah

धनुषा/जेठ २ गते। पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिको कामना गर्दै मिथिलाञ्चचलमा महिलाले शनिबार बरसाइत (बट सावित्री) पर्व मनाएका छन्। नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाएका छन्।

वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुने तथा सावित्री पनि सोही रूखमा प्रतिष्ठापित हुने मान्यताअनुसार पतिको दीर्घायुका लागि व्रत गर्ने गरिन्छ।

शनिबार बिहानैदेखि जनकपुर तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजा गर्न महिलाहरु लाम लागेको थियो । नवविवाहिता महिलाले पहिलो वरसाइत (विहेपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनुपर्छ।अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ।

सुरुमा ब्राह्मण, क्षेत्री, बैश्य र कायस्थले मात्र मनाउने पर्व अहिले सबै मैथिल समुदायका साथै तराईमा बसोबास गर्ने पहाडी, माडबारी समुदायले समेत मनाउन थालेको छन्। बिहानै नुहाई रातो पहिरनमा नजिकको वर (बट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिँदुरले रगाउँछन्। प्रसाद चढाइसकेपछि ब्रतालुले वरको रुखमा सात फेरो पहेलो र रातो धागोले बेर्छन्।

वरको रूखको पूजासँगै जेष्ठ महिलाले रुखमुनि गौरी, भगवती र विसहराको कथा भन्ने र अरुहरुले सुन्ने गर्छन्। पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्ने गर्छन्।

ब्रतालु महिलाले बट सावित्री व्रतका दिन सिन्दूर, फल, फूल, अक्षता, बाँसको पंखा, चना र मिठाईले सावित्री, सत्यवान, नाग र यमराजको पूजा गर्छन्। नयाँ फल आँप, लिच्ची, केरा, भिजाएको चना आदी चढाएर पूजा गरी बाँसको पंखाले हम्कनाले शितलता प्राप्त विश्वास रहिआएको छ।

प्रेम, श्रद्धा र समर्पणको यो पर्व पवित्र प्रेमको पौराणिक कथामा आधारित छ। सनातन काल त्रेतायुगदेखि मनाउन थालिएको बट सावित्रीको पूजा गरेमा महिलाले अखण्ड सौभाग्यवतीको आर्शिवाद प्राप्त गर्ने विश्वास रहेको छ।पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ।

यस्तो छ पौराणिक कथा

कथाअनुसार यमराजले सत्यवानको प्राण लिएर जान लागेपछि सावित्री पनि यमराजको पछि लागिन । यमराजले मृत पतिसँगै जिवित सावित्री जान नपाउने भन्दै त्यस्को साटो बरु वरदान माग्न भने। सावित्रीले सय पुत्रको आमा हुन पाऊँ भनी बरदान मागिन्।

यमराजले सय पुत्रको आमा हुन पाउने बरदान दिएलगत्तै सावित्रीले यमराजसँग आफू पतिव्रता महिला भएकोले पति बिना सन्तान सम्भव नहुने बताएपछि सत्यवानको प्राण फिर्ता गर्न यमराज बाध्य बताएका छन।

सावित्रीले पतिको प्राण बचाउन यमराजको पछि लागेको बेला बट वृक्षले नै सत्यवानको शवको देखरेख गरेको पौराणिक कथामा छ। पतिको प्राण फिर्ता लिएर फर्किने बेला सावित्रीले बट वृक्षप्रति आभार व्यक्त गर्दै परिक्रमा गरेर आराधना गरिन्। यसैले वट सावित्री व्रतमा बरको रुखमा पूजा तथा परिक्रमा गर्ने नियम छ। आसपासमा बरको रुख नभएको अवस्थामा वरको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ।

Tags: मिथिलाञ्चल

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि