nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख २९, २०८३, ९:०९ मध्यान्ह
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेशका सांसदहरूलाई क्षमता अभिवृद्धि तालिम

गिरिजानन्द साह/धनुषा/बैशाख २९ गते । मधेस प्रदेश सभामा सिमान्तकृत समूहको प्रतिनिधित्व गर्ने महिला सांसदहरू तथा अन्य सांसदहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले संघीयताको कार्यान्वयनमा वित्तीय तथा प्रशासनिक संघीयता र संसदीय भूमिकासम्बन्धी तालिम जनकपुरधाममा सम्पन्न भएको छ।

कम्युनिटी इम्प्रुभमेन्ट सेन्टर (सिआइसी) को आयोजनामा, युएनडिपीको सहयोग तथा मधेस प्रदेश सभाको समन्वयमा आयोजित उक्त तालिम कार्यक्रममा संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सांसदहरूको भूमिका, अधिकार तथा जिम्मेवारीबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।

तालिम कार्यक्रमको उद्घाटन मधेस प्रदेश सभाका सभामुख राम आशिष यादव ले गरेका थिए। उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभामुख यादवले सांसदहरूले निरन्तर अध्ययन, अनुभव र ज्ञान हासिल गर्दै संसदीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। उनले संघीय व्यवस्थालाई सफल बनाउन जनप्रतिनिधिहरूको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै व्यवहारिक ज्ञान र अनुभवलाई प्राथमिकता दिन आग्रह गरे।

कार्यक्रमको अध्यक्षता कम्युनिटी इम्प्रुभमेन्ट सेन्टर (सिआइसी) का कार्यकारी अधिकृत संजय साहले गरेका थिए। उनले सिमान्तकृत समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरूको क्षमता विकासमार्फत समावेशी र प्रभावकारी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तालिममा वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य डा. खिमलाल देवकोटा ले प्रशासनिक संघीयता तथा प्रदेश सभा सांसदहरूको भूमिकासम्बन्धी प्रशिक्षण दिएका थिए। उनले संघीय शासन प्रणालीअन्तर्गत अधिकार र कार्यको विभाजन, प्रशासनिक कर्मचारी तथा निजामती सेवाको संवैधानिक र कानुनी आधार, सार्वजनिक सेवा प्रवाह तथा प्रदेशको विशेष अधिकारका विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए।

त्यसैगरी प्राध्यापक डा. भोगेन्द्र झा ले वित्तीय अनुशासन तथा वित्तीय संघीयतासम्बन्धी प्रशिक्षण दिएका थिए। उनले प्रदेश सरकारको आर्थिक व्यवस्थापन, बजेट अनुशासन, पारदर्शिता र जवाफदेहिताका विषयमा सांसदहरूलाई जानकारी गराएका थिए।

तालिम कार्यक्रममा सिआइसीका बिरेन्द्र कर्णले सहजीकरण गरेका थिए। कार्यक्रममा युएनडिपीका बिट्टु श्रीवास्तवसहित मधेस प्रदेशका विभिन्न सांसदहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका सहभागीहरूले संघीय शासन प्रणालीलाई प्रभावकारी र जनमुखी बनाउन यस्ता तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। साथै, प्रदेश तहमा नीति निर्माण, वित्तीय व्यवस्थापन र प्रशासनिक कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन सांसदहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!