nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १, २०८३, ५:३८ मध्यान्ह
नयाँ वर्षसँगै मिथिलामा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी/बैशाख १ गते । विक्रम सवत् परम्पराअनुसार आजदेखि नयाँ वर्ष २०८३ को प्रारम्भ भएको छ । योसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व हर्षोल्लासपूर्वक मनाइँदैछ ।

वैशाख १ गते अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि दुई दिनसम्म मनाइने जुडशीतल पर्वमा मिथिलाञ्चलनमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ । वैशाख १ र २ गते मनाइने यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ ।

विक्रम सवत् सुरु भएसँगै गर्मी बढ्ने भएकाले जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ पर्व मनाउने परम्परा रहिआएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का प्राचार्य हेमनारायण कर्णले बताए । उनका अनुसार आज ‘सतुवाइन’ विधिसँगै यो पर्व मनाउन सुरु भएको हो ।

मिथिलामा सौरमास गणनामा मनाइने थोरै पर्वमध्ये ‘जुडशीतल’ पनि पर्दछ । जीवनमा शीतलता जोड्ने भावमा ‘जुड’ र ‘शीतल’ जोडेर यो पर्वलाई ‘जुडशीतल’ भनिएको प्राचार्य कर्णले जानकारी दिए । “पर्वको पहिलो दिन आज चना वा बदाम, जौ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान गरिन्छ”, उनले भने ।

बढ्दो गर्र्मीमा शीतल दिने चना, मुँग र जौका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाने यो विधिलाई मिथिलामा ‘सतुवाइन’ भन्ने गरिएको प्राचार्य कर्णले जानकारी दिए ।

उनका अनुसार पर्वको दोस्रो दिन घरघरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशिर्वाद दिने गर्दछन् । नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृतिका ज्ञाता एवं संस्कृतिविद् ध्रुव रायले बताए ।

यही कारणले पर्वमा चना वा बदामको सातु, दाल, सोहिजन (मुँग)को तरकारी, बदामको पिठोबाट बनाइएका बरी र दही मथेर करी (कढी) पकाएर खाने परम्परा रहिआएको उgले जानकारी दिए । संस्कृतिविद् रायका अनुसार सहकालको प्रतीक मानिने यो पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मिथिलाबासी एकापसमा धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने परम्परा छ ।

नयाँ वर्षको प्रारम्भमा धुलो र हिलो खेल्ने परम्पराले कृषिकर्ममा निरन्तर जुटिरहन प्रेरित गर्ने उनको भनाइ छ । “यो पर्वमा माटोसँग जोडिएर रहन प्रतिकात्मक रूपमा हिलो खेल्ने परम्परा छ”, स्थानीय ज्येष्ठ नागरिक भुवनेश्वरप्रसाद सिंहले भने, “यो प्रचलनभित्र कहिल्यै कृषि कामको कमी नहोस् भन्ने सन्देश छ ।”

उनका अनुसार पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । मधेसका मिथिला क्षेत्रका जिल्ला र सीमावर्ती भारतका सीतामढी, झञ्झारपुर, शिवहर र सीतामढीसहित जिल्लामा यो पर्व उल्लासका साथ मनाउने गरिन्छ ।

यो पर्वले आपसी सद्भाव, सहकार्य, समन्वयको सन्देश दिने पाका मैथिली सदस्य बताउँछन् । नयाँ वर्षको प्रारम्भ कृषिसँग जोडेर पूर्वजहरूले ‘कृषि मूलश्च जीवनम्’ भन्ने सन्देश पर्वमार्फत् दिएका लोकपरम्परा र संस्कृतिका ज्ञाता कामेश्वर झाले बताए ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि