nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र १८, २०८२, ४:५७ मध्यान्ह
ओझेलमा देवीदह, संरक्षण नहुँदा चराको बासस्थान मासिँदै

सिरहा/चैत १८ गते। लहान नगरपालिका-१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्दै गएको छ । उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारपात वृद्धि र चोरीसिकारका कारण यहाँका जलपन्छीको अस्तित्व जोखिममा परेको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट छ किलोमिटर उत्तर चुरेको फेदमा अवस्थित यो सिमसार क्षेत्र चराहरूको स्वर्ग मानिन्छ । पछिल्लो समय यहाँ चराको चोरीसिकार बढ्नुका साथै मिचाहा प्रजातिका झार बढ्नु, संरक्षण नहुनुलगायत कारणले बासस्थान साँघुरिँदै गएको देवीदह वन उपभोक्ता समूह तथा संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए ।

उनले भने, ‘चराको सिकार र बासस्थानको विनास अहिलेको मुख्य चुनौती हो । बजेट अभावले गर्दा हामीले पोखरीको संरक्षण गर्न सकेका छैनौँ । बनेका भौतिक संरचना पनि मर्मत गर्न सकिएको छैन ।’ यसअघि चराविद् ल्याएर अध्ययन गराउने पहल गरिरहेको जनाउँदै उनले त्यसपश्चात् पनि उल्लेख्य प्रगति हुन नसकेको बताए ।

यस तालमा साइबेरियाबाट करिब १३-१४ हजार किलोमिटरको लामो यात्रा तय गरेर आएका आगन्तुक चरा र स्थानीय सिली तथा पानीहाँस प्रजातिका जलपन्छीको चहलपहल बढेको समितिका अध्यक्ष यादवले जानकारी दिए । बासस्थानको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर बढ्ने उनको भनाइ छ ।

चराहरूलाई निर्बाध रूपमा आउने जाने र रमाउने वातावरण मिलाउन समुदायस्तरमा सचेतना बढाउनुपर्ने स्थानीय पूर्वप्रधानाध्यापक नेपाली साहले बताए । उनले भने, ‘पहिले लहानको मानिक दहसहितका विभिन्न तालतलैयामा चराको प्रभावकारी र उल्लेख्य बासस्थान थियो, तर ती क्रमशः मासिँदै गएका छन् । अहिले चराको आश्रयस्थल देवीदहमा मात्र सीमित भएको छ ।’

पूर्वप्रधानाध्यापक साहले चराको संरक्षणका लागि स्थानीय तहले भ्यूटावर निर्माण गरिदिनुपर्ने सुझाव दिए । उनले भने, ‘यदि मानिसले सुरक्षित रूपमा नजिकबाट चरा हेर्ने वातावरण पाए भने उनीहरूमा चराप्रतिको स्नेह र अपनत्व बढ्छ, जसले अन्ततः संरक्षण अभियानमा ठूलो मद्दत पुर्‍याउनेछ ।’

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यस दहको संरक्षणका लागि आएका ठूला आयोजना कागजमा सीमित भएका लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताए । उनका अनुसार विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले देवीदह ओझेलमा परेको हो ।

वडाध्यक्ष चौधरीले भने, ‘नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो । त्यसपछि पोखरीको संरक्षणका लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत रु एक करोड ५९ लाख बजेट विनियोजन गरिएको थियो । विसं २०७७ मा नेपाल पर्यटन बोर्डसँग पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि रु पाँच करोड २२ लाखको महत्वाकाङ्क्षी योजना सम्झौता भएको थियो । तर, यी योजना कार्यान्वयन हुनसकेका छैनन् । सोही कारणले नयाँ पूर्वाधार बन्नुको साटो भएका पुराना संरचनासमेत अहिले जीर्ण र अधुरै अवस्थामा छन् ।’

चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरणका लागि २५ लाख रुपैयाँ विनियोजन भएको वडाध्यक्ष चौधरीले जानकारी दिए । दहको धार्मिक गरिमालाई जोगाउन र प्रचारप्रसार गर्न लागिपरेको उल्लेख गर्दै उनले भने, ‘देवीदहको धार्मिक महत्वलाई उजागर गर्न हामीले यही चैत १९ गतेदेखि विष्णु महायज्ञको तयारी गरेका छौँ । यसले देवीदहको प्रचारप्रसार र संरक्षणमा ठोस सहयोग पुग्ने विश्वास लिएका छौँ । रासस

 

 

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि