nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ११, २०८२, १२:४३ मध्यान्ह
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु

चैत ११ गते। जनकपुरधाम सहित मिथिलाञ्चलमा क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको चैती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् ।
मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गरेका छन्।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चार दिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मंगलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए ।

यो पहिलो अर्घ्यलाई यहाँ ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइने अर्घ्यको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।
पर्वको पहिलो दिन स्नान गरेर चोखोनीतो खाने चलन छ । यस दिन व्रतमा अपवित्र मानिने लहसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिन्नन् । अरवा चामलको भात खाइने हुँदा यस दिनलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो अर्थात् ‘खरना’का दिन दिनभरि उपवास रही राति सक्खर हालेर पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् ।

यो प्रसाद खाएपछि निराहार व्रत प्रारम्भ हुन्छ । षष्ठी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलाशयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पीठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला हातमा उठाएर सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अर्घ्य दिने परम्परा छ । चौथो अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अर्घ्य दिई बर्तालुले व्रत समापन गर्नेछन् ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य र सूर्य पत्नी षष्ठीको उपासनाको पर्व मानिन्छ । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । यो व्रतका प्रभावले हरेक मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ ।

यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका र सति अनसुइयाले सूर्य उपासना गरेको जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग नलाग्ने जनविश्वास पनि छ ।

 

 

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

वृत्तचित्र ‘नाजा’का निर्मातालाई इजरायली मन्त्रीको नागरिकता रद्द गर्ने चेतावनी

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

मोतीहारीमा भारु ५२ करोडभन्दा बढीको लागुऔषध बरामद, ६६९ तस्कर पक्राउ

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

अन्तिम एकल सांगीतिक साँझ गर्दै गायिका मिरा राणा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि