nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र ८, २०८२, ६:१३ मध्यान्ह
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी/चैत ८ गते। महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व सुरु भएको छ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो।

चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिएको छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी कामेश्वर पाठकले बताए। पण्डित पाठकका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ।

चार दिनसम्म मनाइने यस चैती छठको पहिलो दिन (आज) व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने काम गर्नेछन्। पर्वको दोस्रो दिन भोलि (सोमबार) खर्ना मनाइने छ। खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन ( नुन नहालेको) खानेकुरा खाने चलन छ।

त्यस्तै, षष्ठीका दिन अर्थात् (मङ्गलबार) साँझ गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठेकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मूला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन्।

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्नेछन्। त्यस्तै त्यसको भोलिपल्ट अर्थात एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्नेछन्।

महाभारतका अनुसार द्रौपदीसहित पाण्डवहरू अज्ञातबासमा रहँदा उक्त गुप्ताबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए। उक्त समयमा पाण्डवहरू मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रूपमा समेत विकसित छठपर्व हिन्दूको सँगसँगै मुस्लिमहरूले पनि मनाउने गर्छन्। यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ। तर चढाउने सामथ्र्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहेको छ।

Tags: धर्म संस्कृति

Discussion about this post

Related Posts

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

आज अक्षय तृतीया मनाइदै,यस्तो छ शास्त्रीय महत्त्व

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

सडक दुर्घटनाको जोखिम बन्दै सिरहाको हाटबजार

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगंजमा अतिक्रमित संरचना भत्काउन सुरु

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

हावाहुरीबाट मधेस प्रदेश प्रभावित, सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!