धनुषा/चैत ५ गते । आज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ । चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ ।
जनकपुरधाम स्थित राजदेवी मन्दिरमा पनि आज घटस्थापना गरि विधिवत रुपमा चैते दसैंको शुभारम्भ भएको छ । चैते दशैको अवसरमा आज देखी राम नवमी सम्म विविध पूजापाठको आयोजना गरिने भएको छ । यस अवसरमा देशभरका देवी मन्दिर एवं शक्तिपीठमा पनि पूजाआराधना एवं उपासनाका लागि भक्तजनको घुईचो लाग्ने गर्छ। शास्त्रीय परम्पराअनुसार वर्षमा चारपटक नवरात्र मनाइन्छ। आषाढ, आश्विन, पौष र माघ शुक्ल पक्षमा पर्ने नवरात्रमध्ये आषाढ र पौष महिनाको नवरात्रलाई ‘लुप्त नवरात्र’ पनि भनिन्छ।





















Discussion about this post