फागुन २४ गते। पर्साको क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रामाकान्तप्रसाद चौरसिया निर्वाचित भएका छन् ।
उनले २९ हजार ६७९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३६६ मत पाए ।
नेकपा एमालेका रुपेशकुमार पाण्डेय ११ हजार ९१४, नेकपाका छोटेलालप्रसाद पाण्डेय दुई हजार १३७ र जनमत पार्टीका मालती कुमारी कुशवाहाले ५८३ मत पाएका छन् ।





















Discussion about this post