जनकपुरधाम/माघ २१ गते। मैथिली कला र संगीतको क्षेत्रमा पछिल्लो समय उत्साहजनक गतिविधिहरू बढिरहेका बेला चर्चित गायक तथा कलाकार हिमेश चौधरीको नयाँ मैथिली गीत ‘गुलाबी गुलाबी’ सार्वजनिक गरिएको छ। उक्त गीत बुधबार (फेब्रुअरी ४) युट्युबमार्फत औपचारिक रूपमा रिलिज गरिएको ए.एस. क्रिएशनका सिईओ अनुराग साहले जानकारी दिए।
ड्रिम तस्विरको ब्यानरमा निर्माण गरिएको यस गीतमा हिमेश चौधरी र सिमरानको आकर्षक अभिनय देख्न सकिन्छ। गीतको गायन तथा शब्द स्वयं हिमेश चौधरीकै रहेको छ भने संगीत संयोजन दीपेन्द्र साहले गरेका छन्।
म्युजिक भिडियोको प्राविधिक पक्ष पनि निकै सबल रहेको छ। भिडियोको सम्पादन हिमांशु पटेल र लभ चौधरीले गरेका छन् भने छायांकन अंकित ठाकुरले गरेका हुन्। कला निर्देशन आदर्श साहको रहेको छ। यसैगरी पोशाक डिजाइन रन्जिताले सम्हालेकी छन् भने शीर्षक डिजाइन अनुराग साह (ए.एस. क्रिएशनले) ले गरेका छन्।
मैथिली संगीतप्रेमी दर्शक–श्रोताबाट ‘गुलाबी गुलाबी’ले सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।




















Discussion about this post