nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेश प्रदेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला जनकपुरधाममा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
माघ २०, २०८२, १:५१ मध्यान्ह
मधेश प्रदेशमा शिक्षा अधिकार र जवाफदेहीताबारे दुईदिने कार्यशाला जनकपुरधाममा सम्पन्न

गिरिजानन्द साह/धनुषा/माघ २० गते। मधेश प्रदेशमा शिक्षा क्षेत्रमा पारदर्शिता, जवाफदेहीता र समावेशीकरण प्रवर्द्धन गर्ने उद्देश्यले “शिक्षा अधिकार र जवाफदेहीता सम्बन्धी कार्यशाला” जनकपुरधामस्थित होटल सीताशरणमा दुई दिनसम्म सम्पन्न भएको छ।

कारखाना समूहले दलित समाज सेवा संघ (DSSO) को सहकार्यमा तथा Global Partnership for Education (GPE) अन्तर्गत Education Out Loud (EOL) कार्यक्रमको सहयोगमा आयोजना गरेको उक्त कार्यशालामा नागरिक समाज संस्था, प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, शिक्षक, शिक्षा पत्रकार र युवा स्वयंसेवकसहित ७० भन्दा बढी सहभागीहरूको सहभागिता रहेको थियो।

कार्यशालामा मधेश प्रदेशको समावेशी शिक्षाको अवस्था, शिक्षाको अधिकार (Right to Education) को कार्यान्वयन, तथा जवाफदेही शिक्षा सेवाका लागि नागरिक समाजको भूमिका विषयमा छलफल गरिएको थियो। सहायक प्राध्यापक अशोक साहले मधेशमा लैंगिक असमानता, दलित समुदायको बहिष्करण र भाषिक अवरोधका कारण शिक्षामा पहुँच चुनौतीपूर्ण बनेको तथ्य प्रस्तुत गरे।

मधेश प्रदेशमा कुल साक्षरता दर ६३.५% (राष्ट्रिय औसत ७६.२%) रहेको छ, जसमा लैंगिक असमानता
स्पष्ट छ (पुरुष ७२.५%, महिला ५४.७%)। यसबाहेक भाषा अवरोध र दलित समुदायहरूको बहिष्कारजन्य
संरचनात्मक चुनौतीहरू रहेका छन्। यस कार्यशालाहरूको उद्देश्य शिक्षा-सम्बन्धी हकको अनुगमन उपकरण र जवाफदेही शिक्षा सेवाका लागि
जनवकालत प्रसारको व्यावहारिक प्रयोगलाई प्रस्तुत गर्नु, व्याख्या गर्नु र प्रवर्द्धन गर्नु रहेकाे आयोजक बताएको छ । जसले नागरिक समाज संस्थाहरू र शिक्षा सरोकारवालाहरूलाई प्रमाण सृजना गर्न र जवाफदेही र समावेशी शिक्षाका लागि वकालतलाई सुदृढ गर्न मद्दत पुर्याउने अपेक्षा राखिएको छ।

त्यसैगरी शिक्षा नीति तथा अभ्यास केन्द्र (CEPP) का अनुप सुवेदीले सामाजिक न्यायको दृष्टिकोणबाट शिक्षा सेवामा जवाफदेहीता र नागरिक वकालतको महत्वमाथि प्रकाश पारे। कार्यक्रममा “शिक्षा–सम्बन्धी हकको अनुगमन उपकरण” तथा “जवाफदेही शिक्षा सेवाका लागि जनवकालत सन्दर्भ सामग्री” पनि सार्वजनिक गरिएको थियो।

प्यानल छलफलमा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश, दलित महिला संघ, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल तथा विश्वविद्यालयका प्रतिनिधिहरूले अन्तरविविध पहिचान भएका बालबालिकाहरूको शिक्षामा पहुँचसम्बन्धी चुनौतीहरूबारे धारणा राखेका थिए।

आयोजकका अनुसार कार्यशालाबाट नागरिक समाज संस्था र स्थानीय सरकारबीच सहकार्य सुदृढ हुने, शिक्षासम्बन्धी हकको अनुगमन क्षमता बढ्ने र समावेशी तथा गुणस्तरीय शिक्षाका लागि वकालत थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!