nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १३, २०८२, ६:५८ मध्यान्ह
जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

पुस १३ गते। मधेश प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धनलाई सशक्त बनाउने उद्देश्यले जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ धनुषा शाखाको सहकार्यमा पुस १३ गते आइतबार देखि दुईदिने तालिम सुरु भएको हो।

क्यामेराको लेन्समार्फत मधेश प्रदेशका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तालिम आयोजना गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिए।

उनले जनकपुरधाम केवल जानकी मन्दिर र धार्मिक गन्तव्यमा मात्र सीमित नभई मिथिला संस्कृति, कला, सभ्यता, ऐतिहासिक सम्पदा र समुदायका जीवनशैलीसँग जोडिएका असंख्य पर्यटन कथाहरू रहेको उल्लेख गरे।

ती कथालाई प्रभावकारी दृश्य माध्यमबाट प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनको भनाइ थियो।

दवाडीले दिगो पर्यटन विकासमा मिडियाको भूमिका झनै निर्णायक बन्दै गइरहेकाले पर्यटनका सम्भावनालाई उजागर गर्दै स्थानीय गन्तव्यलाई विश्व बजारसम्म पुर्‍याउन यो तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।

राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा व्याख्या गर्दै सिकाइ निरन्तर प्रक्रिया भएको बताए।

उनले जनकपुरधाम, धनुषा, महोत्तरी, सर्लाही, सिरहा वा सप्तरीका सांस्कृतिक, धार्मिक र प्राकृतिक कथाहरू क्यामेरामा उतार्दा ती तस्बिरहरूले मधेश प्रदेशलाई विश्व पर्यटन नक्सामा अझ मजबुत रूपमा स्थापित गर्ने धारणा राखे।

उनका अनुसार यो तालिमले मधेश प्रदेशका ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोग पुर्‍याउनेछ।

तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति, गन्तव्य ब्रान्डिङ र दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिए।

त्यस्तै, प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर र तस्बिर कथाको संरचनाबारे सहजीकरण गरेका छन्।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यास गराउँदै जनकपुरधाम र आसपासका पर्यटकीय तथा सांस्कृतिक स्थलहरूको फिल्ड भिजिट गराइने आयोजकले जनाएको छ।

तालिममा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ।

यस प्रशिक्षणले मधेश प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीपराज श्रेष्ठले विश्वास व्यक्त गरे।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

सांसद खगेन्द्र सुनारद्वारा पुनः प्रस्टीकरण : ‘दोषी ठहरिए जस्तोसुकै सजाय स्वीकार छ’

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

भारतको मेरठमा चर्चित ‘निलो ड्रम हत्याकाण्ड’ : मुस्कान र साहिललाई मृत्युदण्ड

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सामाजिक सञ्जालमा आपत्तिजनक सामग्री पोस्ट गर्ने एक जना पक्राउ

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

सिरहामा ४० हजार रुपैयाँको प्रतिबन्धित पटाका बरामद

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

१२ दिन ढिला गरी यस वर्षको मनसुन नेपालबाट बाहिरियो

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

दसैंमा घर जान पाँच लाखभन्दा बढीले छाडे काठमाडौं

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

कपिलवस्तुमा एक व्यवसायीले गरे आत्मदाहको प्रयास

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

बहादुरसिंह लामा कांग्रेस सहमहामन्त्रीमा विजयी

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि