nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सय दिनमा सयथरि कुरा गरेर देशको समय बर्वाद नगर्न सुशीला कार्कीलाई प्रभु साहको चेतावनी

गिरिजानन्द साह गिरिजानन्द साह
पुस ६, २०८२, ६:०० मध्यान्ह
सय दिनमा सयथरि कुरा गरेर देशको समय बर्वाद नगर्न सुशीला कार्कीलाई प्रभु साहको चेतावनी

सिराहा,पुस ६ गते। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् । जेन–जी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्वहरुको प्रहार सहनुपरेको साहको दाबी छ । सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ ।

उनले भने,‘यो सरकार ठीक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’

आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरुले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए । उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ्ले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरूपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङ्लाई तत्काल बर्खास्त गर्नपनि प्रधानमन्त्रीसमक्ष माग गरे ।

उनले भने,‘कुलमानकै महत्वकांक्षाको कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौं भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ । निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरुको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने ईच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ । देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्वपूर्ण मन्त्रालयको चाबी कसको दबावमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।

उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतित नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरुलाई न्याय दिन सक्नुभयो, उनीहरुको हत्याहरु अहिलेपनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईंहरु कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका शहिदहरुलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्वपनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस र संकटको घडीमा सक्षम व्यक्ति ल्याएर भएपनि चुनाव गराउँछौं ।’ उनले सुशीला कार्कीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे । जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।

भदौ २३ गते जेन–जी युवाहरुको टाउको र छातीमा ताकि ताकि गोली हानेर हत्या गरेकाहरुले आज उल्टै सरकारलाई धम्काउने काम गरेको भन्दै साहले सरकारमा भएकाहरुको कार्यक्षमतामाथि प्रश्न उठाए । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुदेखि नै आफ्नो जिम्मेवारी सही तवरले बहन गर्न नसकेको उनको आरोप छ । त्यही भएर अहिले गृहमन्त्री ‘दुलोभित्र लुकेर बसेको मुसा’ को हालतमा रहेको उनको टिप्पणी छ । उनले भने,‘दिनदाहाडै युवाहरुको हत्या गरिएको छ, तर यो सरकारले अहिलेसम्म दोषीहरुलाई कारबाही गर्न सकेको छैन, हत्याहरुलाई बयान लिन सकेको छैन । ती हत्याहरुको धम्कीसँग डराएर बसेको छ, अनि कसरी ती जेनजी शहिदहरुको सम्मान हुन्छ ? उनीहरुको परिवारको लागि न्याय दिलाउनुहुन्छ ?’

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बयान लिए देश ठप्प पार्ने भने दिएको चेतावनीप्रति पनि साहले गम्भीर असन्तोष व्यक्त गरे । उनले भने,‘यो देश एमालेको निजी हो र ? लोकतान्त्रिक भन्ने दलको नेताले यसरी दिनदाहाडै राज्य–संयन्त्र र जनतालाई धम्की दिने ? उहाँहरुले यो देशलाई कता लैजान खोज्दै हुनुहुन्छ ? खबरदार, नेपाली जनतालाई धम्की दिने कोशिस नगर, अब जनता जागेको अवस्था छ । तिमीहरुको धाक, धम्कीसँग जनता डराउनेवाला छैनन् ।’ जाँचबुझ आयोगका पदाधिकारीले तीन महिनाको समय त्यत्तिकै व्यतित गरेको र फेरि एक महिनाको समय थपिएकोमा पनि साहले असन्तुष्टि पोखे । शक्तिशाली आयोगले आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयानमा बोलाएर कारबाहीको लागि सिफारिश गर्नुपर्नेमा डराएर बसेको र म्याद गुजारेको साहको आक्रोश छ ।

 

Tags: राष्ट्रिय खबरसिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरपालिका द्वारा निर्माण सम्पन्न भवनको नियमित तथा अभिलेखीकरण सुरु

जनकपुरधाम उपमहानगरपालिकाले चौरचन पर्वमा दियो स्थानीय बिदा

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

कृष्ण जन्माष्टमी पूजा समितिमा विवाद : अध्यक्ष साहविरुद्ध कानूनी प्रक्रियामा जाने समितिको निर्णय

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

महोत्तरीमा शौचालयको सेफ्टी ट्यांकी भित्र युवकको शव फेला

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

चिलिमे सुरुङमा उद्धारकार्य तीव्र : १२० मिटर भित्रबाट सुनियो आवाज, चिसो हावा आउँदा उद्धारको आशा जगायो

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

गत आवमा एक हजार ११६ परियोजनामा ५८ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, सूचना प्रविधिमा उच्च आकर्षण

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बुध ग्रह वैज्ञानिकहरूले अनुमान गरेभन्दा बढी खुम्चिँदै : अध्ययन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सुमोको ठक्करबाट पैदलयात्रीको मृत्यु, पहिचान खुल्न सकेन

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

प्रधानमन्त्रीले अहिले बढी नै गाली खान थाले, संवाद बढाऔँ: विशाल भण्डारी

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि