सिराहा। जिल्लाको बरियारपट्टी गाउँपालिका २ बाट स्रोत नखुलेको नगद ७ लाख नगदसहित सोही ४६ वर्षीय दिनेश महतो पक्राउ परेका छन्। उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ ए डब्लु ८३७७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।














Discussion about this post