जनकपुरधाम/कार्तिक १७ गते। जनकपुरमा कार्यरत पत्रकारहरूबीच समन्वय र संसदीय गतिविधिमा केन्द्रित सूचना प्रवाह सुदृढ गर्न “संसदीय पत्रकार मञ्च, मधेश प्रदेश” तदर्थ समिति गठन गरिएको छ ।
पत्रकार निरन्जन साहको नेतृत्वमा गठित २१ सदस्यीय तदर्थ समितिमा वरिष्ठ उपाध्यक्षमा प्रमोद साह, उपाध्यक्षमा नवीन प्रियदर्शी, महिला उपाध्यक्षमा प्रतिभा झा, सचिवमा मुकेश ठाकुर, सह–सचिवमा कुलदीप दास (प्रेम) र कोषाध्यक्षमा ज्योति झा चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा कुशेश्वर उपाध्याय, ललन साह, बिनोद महतो, राजेश महतो, बिरेन्द्र कर्ण, मनोज मोरवैता, बिनिता कामत, गिरिजानन्द साह, धिरेश दत्त, नागेन्द्र महरा र आलम रहेका छन् ।
मञ्चले पत्रकारितामा अनुभव र योगदान पुर्याएका व्यक्तिहरूलाई सल्लाहकारका रूपमा समेत समेटेको जनाएको छ ।
मञ्चको उद्देश्य पत्रकारहरूबीच सहकार्य र एकता सुदृढ गर्दै संसदीय विषयमा अध्ययन–अनुसन्धान, नीतिगत संवाद र तथ्यपरक समाचार संप्रेषणमा जोड दिनु रहेको छ ।













Discussion about this post