कातिक ११ गते ।उदाँउदो सूर्यलाई अर्घ दिई मिथिलाञ्चलमा श्रद्धा र भक्तिपूर्वक आज छ्ठ पर्व सम्पन्न भएको छ ।
सोमबार साँझको अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो भने आज मंगलबार विहान उदँँउदो सूर्यलाई अर्घ दिएर समापन्न भएको हो ।तराई मधेशका जिल्लाहरुमा विशेष धुमधामकासाथ मनाइने यस पर्वमा पोखरी,ताल नदी तथा जलाशयहरुलाई सिङगारेर छठघाट बनाएर यो पर्व मनाउने गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले आदि देव सूर्य अर्थात दिनानाथको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ ।
दीपावली सकिएको ६ दिनपछि हुने छठ पर्वको पहिलो दिन ब्रतालुहरुले माछा कोदो नखाने,दोस्रो दिन न्हाँ खाँ गरी दाने,तेस्रो दिन दिभरी उपवास बसेर साँझ सखर मिलाएको खिर खाने जसलाई खरना भनिन्छ । चौथो दिन छठघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिइने र अन्तिम पाँचौ दिन उदाँउदो सूर्यलाई अर्घ दिएर समापन्न गर्ने गर्दछ ।
चारदिवसीय छठ पर्वको आज अन्तिम दिन उदाउँदै गरेको सूर्यदेव भगवानलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूल, विभिन्न परिकारसहित अर्घ अर्पण गरी छठ पर्व सम्पन्न भएको हो ।
यस वर्ष लहानको खुटी खोला रघुनाथपुर पोखरीमा विशेष सजावटको साथ छठ मनाएको छ । त्यस्तै जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगज्जासहित दुई दर्जन पोखरीलाई दुलहीझैं सिंगारेर छठ पर्व मनाइएको छ ।
Discussion about this post