सिरहा/कार्तिक ९ गते। सिरहाको सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन भएको छ ।
क्यान्सर रोगबाट पीडित ५० वर्षीय साहको शनिबार राति आफ्नै निवास बडहरीमा निधन भएको नगरप्रमुख रामऔतार यादवले जानकारी दिए ।
नगरप्रमुख यादवका अनुसार साहलाई करिब एक हप्ताअघि चितवनस्थित भरतपुर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो।
मिर्गौलासम्बन्धी समस्या देखिएपछि उपचारका क्रममा उनको पित्तथैलीमा क्यान्सर पत्ता लागेको थियो।
साह स्थानीय तहको पहिलो निर्वाचन (२०७४ साल) र दोस्रो निर्वाचन (२०७९ साल) मा वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष साहका श्रीमती र दुई छोरी छन् ।





















Discussion about this post