असोज २ गते। जेनजी नेपालले वर्तमान सरकारले गठन गर्ने संरचनामा आफ्ना संगठनको ५० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेको छ।
जेस्मिन ओझाको नेतृत्वमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गर्न पुगेका जेनजी प्रतिनिधिमण्डलले सात बुँदे प्रस्ताव राख्दै मन्त्रालयदेखि सरकार सञ्चालनसम्म जेनजीको नेतृत्व अनिवार्य रूपमा समावेश हुनुपर्ने अडान प्रस्तुत गरेको छ ।

प्रस्तावमा सरकारले बनाउने उच्चस्तरीय सल्लाहकार समिति, संवैधानिक आयोग तथा राजदूत नियुक्तिमा ५० प्रतिशत जेनजी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ। साथै नेपाल सरकारको मुख्य सचिव, सचिवालय, प्रमुख जिल्ला अधिकारी (सीडीओ), स्थानीय तहका कार्यकारी प्रमुख, लेखापाल, भन्सार, मालपोत र न्यायालयका प्रमुख पदहरूमा समेत जेनजीको सिफारिसअनुसार नियुक्ति हुनुपर्ने अडान राखिएको छ।
त्यसैगरी, जिल्ला समन्वय समितिलाई तत्काल खारेज गर्नुपर्ने मागसमेत जेनजीले प्रस्तुत गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले यसअघि ११ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने घोषणा गरिसकेकी छिन्। हालसम्म तीन मन्त्री मात्र नियुक्त भएका छन्।

Beta feature














Discussion about this post