धनुषा। धनुषा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका किशोरी साहले दायर गरेको रिटमा आज सुनुवाई हुन सकेन । निर्वाचनको मुखमा आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।
आयोगको निर्णयविरुद्ध उनी सर्वोच्च अदालतमा रिट लिएर गएका थिए । आज यो रिटको सुनुवाईको लागि पेशी तोकिएको थियो । पेशी न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको भएपनि आज हेर्न नमिल्नेमा परेको छ । अब यो रिटमाथि सुनुवाई आइतबार हुने भएको हो ।














Discussion about this post