जनकपुरधाम/भदौ १५ गते। धनुषा निर्वाचन क्षेत्र नं. ०४ (क) अन्तर्गत पर्ने लक्ष्मिनिया गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर भेला सम्पन्न भई नयाँ पालिका समिति गठन भएको छ।
जिल्ला सभापति लक्ष्मेश्वर यादवको अध्यक्षतामा सम्पन्न भेलामा मधेश प्रदेश RAT संयोजक अम्भु प्रसाद साह, जिल्ला सचिव रमेश पहाडी, मधेश प्रदेश शिक्षा विभाग प्रमुख रामनरेश चौधरी, मधेश प्रदेश भ्रष्टाचार निवारण विभाग प्रमुख रामबाबु राय यादव, प्रदेश सल्लाहकार पूर्व एसपी नरेन्द्र कार्की, महिला नेत्री प्रमिला सिंह, जिल्ला सदस्य ध्रुव साह, नरेश यादव, सन्दीप भगत, मिठु घिसिङ, जनकपुरधाम नगर सभापति ललन कुमार नायक, उपसभापति सन्तोष साह, मिथिला नगरपालिका सभापति विजय साह, क्षीरेश्वरनाथ नगरपालिका सभापति श्याम किशोर यादव लगायतको सहभागिता रहेको थियो।
त्यसैगरी, युवाहरू आशिष साह (नेपाल), अमरदिप श्रेष्ठ, बटेश्वर गाउँपालिकाका दिनेश कुमार साह र मदन विश्वकर्मा, मिथिला बिहारी नगरपालिकाका श्याम साह, जनकपुरधाम वडा नं.–१ सभापति सत्रुधन साह, वडा नं.–१६ सभापति अजय यादव, साथै स्थानीय पत्रकार, जनसमुदाय, महिला, युवा, बुद्धिजीवी र राजनीतिकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
भेलाले कमलेश यादवलाई सभापति तथा सुशिल मण्डललाई सचिवको जिम्मेवारीसहित १५ सदस्यीय पालिका समिति गठन गरेको छ। साथै, लक्ष्मिनिया गाउँपालिकाको RAT संयोजकमा गोपाल झा चयन भएका छन्।













Discussion about this post