nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस सरकारको आगामी बजेटमा क्रिकेटलाई प्राथमिकता दिनुपर्ने : माननीय भाग्यश्री चौधरी

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १८, २०८२, ९:०७ मध्यान्ह
मधेस सरकारको आगामी बजेटमा क्रिकेटलाई प्राथमिकता दिनुपर्ने : माननीय भाग्यश्री चौधरी

गिरिजानन्द साह/जेठ १८ गते। मधेस प्रदेश सभा सदस्य माननीय भाग्यश्री चौधरीले युवाहरूमा बढ्दो क्रिकेटको मोह र जोसलाई ध्यानमा राख्दै प्रदेश सरकारलाई विद्यालय स्तरमै खेलकुदलाई व्यवस्थित गर्न आह्वान गर्नुभएको छ। उहाँले विशेष गरी क्रिकेट खेलको माध्यमबाट युवाहरूमा शारीरिक तन्दुरुस्ती, आत्मविश्वास र करियर निर्माणका अवसरहरू सिर्जना गर्न सकिने उल्लेख गर्दै यस क्षेत्रलाई सरकारी नीति र बजेटमार्फत अघि बढाउनु पर्नेमा जोड दिनुभएको हो।

माननीय चौधरीका अनुसार मधेसमा पछिल्ला केही वर्षहरूमा क्रिकेटप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढ्दो क्रममा छ। विद्यालय, कलेज तथा स्थानीय स्तरमा विभिन्न प्रतियोगिताहरूले युवाहरूमा खेलप्रतिको लगावलाई थप बढाएको छ। यद्यपि यसलाई संस्थागत रूपमा अगाडि बढाउन अझै नीतिगत र संरचनात्मक पहल आवश्यक रहेको उहाँको भनाइ छ।

उहाँले क्रिकेट खेललाई माध्यमिक विद्यालय (मा.बि) तहबाटै संरचित र संस्थागत रूपमा सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। विद्यालयमै खेल प्रशिक्षकको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण, खेल सामाग्री उपलब्ध गराउने तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न सके मधेसमा क्रिकेटको भविष्य उज्वल हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

माननीय चौधरीले मधेसमा रहेका दक्ष तथा अनुभवी क्रिकेट खेलाडीहरूलाई रोजगारीसँगै प्रशिक्षक तथा खेलदूतको रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै, यसले नयाँ खेलाडी उत्पादनसँगै अनुभवी व्यक्तित्वको जीवनस्तर उकास्न मद्दत गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “खेलाडीहरूलाई नियमित तलबसहितको जिम्मेवारी दिइयो भने उनीहरूले विद्यालय र स्थानीय स्तरमा प्रशिक्षण दिन सक्नेछन् र यसले दीर्घकालीन प्रभाव पार्नेछ।”

उहाँले मधेस सरकारले आगामी आर्थिक वर्षको बजेटमा यस गुरुयोजनालाई समावेश गरेमा, क्रिकेटको माध्यमबाट मधेसले छिट्टै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सक्ने उल्लेख गर्नुभयो। उहाँको भनाइमा, “आजको युवा भोलिको मधेसको नेतृत्वकर्ता हो। उनीहरूलाई सही दिशा र अवसर दिन सक्यौं भने खेल क्षेत्रमै होइन, सामाजिक रुपान्तरणमा समेत ठुलो योगदान पुग्नेछ।”

क्रिकेटको विकासले केवल खेल क्षेत्रको मात्र उन्नति नभई, विद्यार्थीहरूमा शारीरिक स्वास्थ्य र मानसिक सन्तुलन कायम राख्न समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले यस योजनालाई बहुआयामिक दृष्टिकोणले लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

माननीय भाग्यश्री चौधरीको सक्रिय पहल र प्रस्तावनाले मधेस प्रदेशमा खेलकुद विकास, विशेषतः क्रिकेटमा नयाँ आशा जागेको देखिन्छ। आगामी बजेटमा यसको यथोचित समावेशले युवालाई सशक्त बनाउने मात्र होइन, मधेसलाई खेलकुदको नक्सामा स्थापित गर्ने दिशामा महत्वपूर्ण कदम सावित हुने देखिन्छ।

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

सर्लाहीमा कार दुर्घटना हुँदा २४ वर्षीय चालकको ज्यान गयो

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

मधेश सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीद्वारा राजीनामा

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा खुल्यो भारतीय जिलियो ब्रान्डको इलेक्ट्रिक स्कुटर शोरुम

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

जनकपुरधाममा आज झिझिया महोत्सव हुँदै, विभिन्न सांस्कृतिक समूहले प्रस्तुति दिने

तिथि क्षयका कारण आजै कात्यायनी देवीको पनि उपासना गरिँदै

नवरात्रको छैटौं दिन, माता कात्यायनीको पूजाआराधना गरिदैँ

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

झिनाे अंकले घट्याे नेप्से, साढे चार अर्बको काराेबार‎

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित ४,१०८ घरधुरीलाई ४५ हजारका दरले वितरण

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

अब हरर फिल्ममा कृति सेनन मुख्य भूमिकामा देखि

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

रजनीकान्तकाे मुखमा धुवाँ उडाउन अप्ठयाराे लाग्याेः विद्या बालन

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि