nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आफैले बुलेट बाइक हाँकेर मुख्यमन्त्री सिँहले गरे होटल अनुगमन

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ११, २०८१, ९:३२ मध्यान्ह
आफैले बुलेट बाइक हाँकेर मुख्यमन्त्री सिँहले गरे होटल अनुगमन

जनकपुरधाम/चैत ११ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सोमबार जनकपुरधामका नौवटा होटलमा अनुगमन गरेका छन् । आइतबार १० वटा होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले सोमबार बुलेट मोटरसाइकल हाँक्दै जनकपुरधामका विभिन्न होटलको खाद्य सुरक्षा तथा स्वच्छता स्थिति अनुगमन गरेका हुन् ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय धनुषा, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय जननकपुरधाम, साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका अधिकारी र उद्योग वाणिज्य संघ जनकपुरधामका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीसँगै होटल अनुगमन गरेका मुख्यमन्त्री सिँहले प्रादेशिक राजधानी जनकपुरधाम देशविदेशका पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्यस्थल रहेको र पर्यटकीय दृष्टिले छुटाउनै नहुने यस गन्तव्यमा रहेका केही होटलमा स्वस्थकर र स्वच्छ खानाखाजा उपलब्ध नहुने गुनासोपछि आफूले अनुगमन थालेको बताए ।

उनले सबै होटलले स्वच्छताको मापदण्ड पछ्याउन खोजे पनि त्यो उचित तथा पर्याप्त नभएको भन्दै बहुसँख्यक होटलमा ग्राहक बस्ने ठाउँ सफा भए पनि भान्साघरमा सरसफाइ तथा त्यहाँ उपयोग हुने सामग्रीको भण्डारण व्यवस्थित नभएको बताए । होटलका लागि स्वस्थ्कर सामग्री र स्वच्छता अनिवार्य शर्त भएको भन्दै मुख्यमन्त्री सिँहले मापदण्डअनुसार होटल सञ्चालन नभए कानुनअनुसार कारबाही हुने पनि प्रस्ट्याए । “सरकार सुधारात्मक आग्रहले अघि बढेको छ । यसको अर्थ अनुगमनक्रममा हामीले दिएको सल्लाह वा निर्देशनको पालना होटल सञ्चालकबाट हुनु हो । अटेर भएमा होटल बन्द गर्नेसम्मको कारबाही हुनेछ,” मुख्यमन्त्री सिँहले अनुगमनस्थलमा पुगेका सञ्चारकर्मीहरूसँग भने ।

उनले होटलमा बिक्रीवितरण हुने सामग्रीको मूल्य व्यवस्थापन गर्न जिम्मेवार निकायसँग प्रदेश सरकारले समन्वय गर्ने समेत बताए । अनुगमनमा संलग्न जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले होटलमा देखिएका त्रुटि सुधार गर्न आफूहरूले व्यावसायीलाई आह्वान गर्ने बताए । सोमबारको अनुगमनमा ९ होटलमध्ये एकमात्र होटलको अवस्था सन्तोषजनक पाइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले बताए । अनुगमनक्रममा अत्यधिक सेवाग्राहीको भिड हुने गरेको शिवचौकस्थित न्यु राधा होटल र छपरिया नास्ता पसलमा सरसफाइको अवस्था कमजोर देखिएको र त्यहाँ खाना नहुने २० लिटर तेल, प्याज, समोसा र लिटी नष्ट गरिएको छ । दुवै होटललाई अन्तिम पटकका लागि भान्साघरको सरसफाइ मापदण्डअनुसार व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।

जनकचौकको होटल फिल इट र मिथिला यात्री निवासमा शाकाहारी र मांसाहारी सामग्री छुट्टाछुट्टै राख्न र भान्साकोठाको सरसफाइ व्यवस्थापन गर्न निर्देशन दिइनुका सार्थ त्यहाँ रहेका अखाद्य वस्तु ब्रेड, ब्रेडरोटी र मासु नष्ट गरिएको छ । यसैगरी लक्ष्मी मिष्टान भण्डारमा म्याद गुज्रेका च्याउमिन ५ थान, खान नहुने बिग्रेको बर्फी २० पिस नष्ट गरिएका छन् । सो मिष्ठान भण्डारलाई भान्साघर सरसफाइ व्यवस्थापनमा गम्भीर नभए होटल नै बन्द गराउनुपर्ने अवस्थाका बारेमा जानकारी गराइएको साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख साहले जानकारी दिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!