nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जीवन विकास लघुवित्त शाखा कार्यालय ढल्केवर धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह गिरिजानन्द साह
चैत्र ७, २०८१, ७:५३ मध्यान्ह
जीवन विकास लघुवित्त शाखा कार्यालय ढल्केवर धनुषाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता भव्यताका साथ सम्पन्न

गिरिजानन्द साह/चैत ७ गते। जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय ढल्केवर धनुषाले वित्तीय संस्थामा आवद्ध केन्द्र प्रमुखहरुको उपस्थितिमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलको सभापतित्वमा भएको थियो भने कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मिथिला नगरपालिकाको नगर प्रमुख महेन्द्र महतोले गरेका थिए। कार्यक्रममा ढल्केवर शाखाको बारेमा त्यस कार्यालयका कार्यालय प्रमुख रामचन्द्र मण्डलले जानकारी गराएका थिए र संस्थागत जानकारी तथा उद्देश्यबारे जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका विभागीय प्रमुख रन्जना निरौलाले जानकारी गराएकी थिइन्।

कार्यक्रम उद्घाटन सत्र,प्रशिक्षण र पुरस्कार वितरण सत्र गरी तीन सत्रमा गरिएको थियो। उद्घाटन सत्रमा प्रमुख अतिथि मिथिला नगरपालिकाको नगर प्रमुख महेन्द्र महतोले जीवन विकास लघुवित्त वित्तीय संस्थाले सदस्यहरूलाई लक्षित गरी प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूको प्रशंसा गरेका छन्। नगर प्रमुख महतोको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन सत्रमा उनले हाल लघुवित्त क्षेत्रका बारेमा नकारात्मक अफवाहहरू फैलिरहेका बेला जीवन विकास लघुवित्तले सदस्य मैत्री कर्जा प्रणाली अवलम्बन गर्दै सदस्यहरूको आर्थिकस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले लघुवित्तले केवल कर्जा प्रवाह मात्र नगरी शिक्षा, स्वास्थ्यजस्ता सामाजिक क्षेत्रमा समेत लगानी गरी समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरे। साथै, सदस्यहरूलाई आकस्मिक परिस्थितिमा समेत सहयोग प्रदान गर्दै आएको जीवन विकास लघुवित्तको कार्य सराहनीय रहेको उनले बताए।

कार्यक्रममा अन्य वक्ताहरूले पनि लघुवित्त संस्थाहरूले वित्तीय साक्षरताका साथै समुदायको समग्र उत्थानमा गर्ने योगदानबारे चर्चा गरेका थिए। सहभागीहरूले जीवन विकास लघुवित्तले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरूलाई सकारात्मक रूपमा लिँदै भविष्यमा अझ प्रभावकारी योजनाहरू ल्याउनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा संस्थागत जानकारी दिने क्रममा रन्जना निरौलाले ग्राहक सदस्यहरुको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विस्तार, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यहरुलाई उद्यमी बनाउने उपायहरू, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपायहरू जस्ता विषयमा प्रशिक्षण दिएकी थिइन्। कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय ढल्केवरका सदस्यहरु मध्ये उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी,उत्कृष्ट उद्यमी र शाखा अन्तर्गत रहेको केन्द्रहरु मध्ये पहिलो,द्वितीय र तृतीय केन्द्रहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) संजय कुमार मण्डलले लघुवित्त संस्थाले ग्रामीण समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै कर्जाको सही उपयोग गरी व्यावसायलाई सफल बनाउन सुझाव दिए। साथै, संस्थाले प्रविधिमैत्री र पारदर्शी कारोबारमा केन्द्रित हुँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त कार्यक्रममा १५० भन्दा बढी सहभागी सदस्यहरूको उपस्थिति रहेको थियो। साथै प्रमुख अतिथि मिथिला नगरपालिकाको नगर प्रमुख महेन्द्र महतो,विशिष्ठ अतिथि मिथिला नगरपालिकाका नगर उपप्रमुख सुनिता सिंह बुढाथोकी यस संस्थाको विभागीय प्रमुख रन्जना निरौला,अतिथिमा मिथिला नगरपालिका वडा न.-५ का वडा अध्यक्ष तथा शाखा कार्यालय ढल्केवर धनुषाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

संविधान संशोधनमा हिन्दू राष्ट्रको विषयलाई अनिवार्य समेट्न ओलीको सरकारसँग माग

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

प्रधानमन्त्री शाह एक हप्ताभित्रै संसद्‍मा आउने

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

व्यवसाय र मानव अधिकारबारे जनकपुरधाममा अन्तरक्रिया सम्पन्न

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

जेठ ११ गते देखि १४ गते सम्म जनकपुरधाममा ‘बृहत योग विज्ञान शिविर २०८३’ हुने

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!