nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

रौतहटको १० निजी अस्पतालमा मुख्यमन्त्री सिँहको अनुगमन, १० वटै अस्पताल बन्द गर्न निर्देशन

गिरिजानन्द साह गिरिजानन्द साह
फाल्गुन २२, २०८१, ९:३९ मध्यान्ह
रौतहटको १० निजी अस्पतालमा मुख्यमन्त्री सिँहको अनुगमन, १० वटै अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम/फागुन २२ गते। रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्न निर्देशन दिएका छन् । बुधबार मुख्यमन्त्री सिँहले त्यहाँस्थित निजी अस्पताल अनुगमनक्रममा सबै १० वटा अस्पताल वैध ढङ्गले सञ्चालन नभएका पाएपछि अस्पताल बन्द गर्ने निर्देशन सञ्चालकहरूलाई दिएका छन् ।

मुख्यमन्त्री सिँहले बन्द गर्न निनर्देशन दिएका नौवटा अस्पताल गरुडा नगरपालिका वडा नम्बर ४ मा र एक अस्पताल वडा नम्बर ५ का छन् । प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले सेवा सञ्चालन अनुमति नलिएका, त्यस्तो अनुमति लिए पनि चार–पाँच वर्षयता नवीकरण नगराएका र कानुनी प्रावधानविपरीत निर्धारित सँख्याभन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन अनुमति स्थानीय तहबाट प्राप्त गरेका प्रकृतिका ती अस्पताललाई प्रदेश सरकार प्रमुख सिँहले बन्द गर्न निर्देशन दिएको जानकारी दिए । जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले अनुगमनक्रममै पत्र दिएको छ ।

अनुगमनक्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आर्थिक वर्षमै २५ शय्याको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ । कानुनअनुसार स्थानीय तहले १५ शय्यासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्छ । २५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ । स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार छैन । “तर, कानुनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शय्याभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनक्रममा मुख्यमन्त्रीज्यूले पाउनुभएको छ । यस्तो अनुमति अवैध हो । त्यसैले मुख्यमन्त्रीज्यूले त्यस्ता अस्पताललाई बन्द गरी कानुनअनुसार विधिसम्मत ढङ्गले अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभएको हो,” मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले भने ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडको बजेट

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

रास्वपाको प्रथम महाधिवेशनको दस्तावेज र दृश्यले देशलाई सही दिशा दिन नसक्ने : प्रभु साह

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

भारत तस्करी हुँदै गरेको ४ किलो गाँजासहित नेपाली युवक पक्राउ, ६० बोरा मकै बोकेको बोलेरो बरामद 

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागुऔषधसहित पाँच भारतीय नागरिक पक्राउ

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

शंकास्पद गाडी राखेको बिषयमा रास्वपाको आपत्ति 

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति

बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

मिडिया हाउस अगाडी शंकास्पद पार्किङबारे छानबिन गरः पत्रकार महासंघ

अख्तियारद्वारा राहदानी विभागमा छापा

आजवाट नयाँ प्रणालीमार्फत राहादानी दिन सुरू

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एआईले गरिरहेछ स्क्रिनसटवाट तपाईंको जासुसी, गोपनीयताको लागि बन्याे खतरा

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

एक ‘लेडी आइन्स्टाइन’, जाे ११ लाख डलरको प्रस्ताव अस्वीकार गर्दै पढछु भनिन

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!