सिरहा/माघ २४ गते। सिरहाको लहानमा रहेको एक सुनचाँदी पसलमा लुटपाटको योजना बनाएको आरोपमा चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका–८ घर भएका ४५ वर्षीय ईन्दर भन्ने ईन्द्रनारायाण चौधरी, लाहान नगरपालिका–२२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया, सोही नगरपालिकाको वडा नम्बर ४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मा र भारतको पश्चिम बंगालको हुगली ग्राम पञ्चायत घर भएका निरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार उनीहरूलाई लहान नगरपालिका–७ बस्ने ४५ वर्षीय विकास कुमार शारदाको जाहेरीका आधारमा पक्राउ गरिएको हो । उनीहरूमाथि लहान बजारमा रहेको विकास ट्रेडर्समा डाँका गर्ने योजना आरोप लगाइएको छ । प्रहरी नायब उपरीक्षक पासवानको कमान्डमा खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हाे । सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए छन् ।
Discussion about this post