पुस २५ गते। केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक जनाको मृत्यु भएको छ। सिरहाको गोलबजार नगरपालिका-८ निवासी ३५ वर्षीय मोहमद अक्तर अलीको कठ्याङ्ग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
मधुमेह रोगबाट ग्रसित अक्तरको न्यानो कपडा र राम्रो वासस्थान नहुँदा चिसो खप्न नसकेर मृत्यु भएको उनका छोरा सलमानले बताएका छन्। उनका अनुसार गरिबीका कारण परिवारसँग न त न्यानो कपडा थियो, न त राम्रो घर।
यसैबीच, अत्यधिक चिसोको प्रभावले सिरहाका विभिन्न पालिकाहरूले विद्यालय एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन्। चिसोबाट बच्नका लागि सबैलाई विशेष सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।




















Discussion about this post