nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

गिरिजानन्द साह गिरिजानन्द साह
पुस २२, २०८१, ९:१५ मध्यान्ह
सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु

सिरहा/पुस २२ गते। हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण पुनः सुरु भएको छ । गत असार पहिलो सातादेखि रोकिएको पुल निर्माण गत हप्तादेखि सुरु गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिए ।

असोजबाटै सुरु हुनुपर्ने काम निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ र बीमा कम्पनीबीचको विवादले ढिलाइ भएको थियो । ‘एक वर्षअघिदेखि पुल निर्माण कम्पनी र बीमा कम्पनीबीचको विवाद उच्च अदालत पाटनमा विचाराधीन छ । यसबीचमा निर्माण कम्पनीले काम रोकेको थियो,’ योजना प्रमुख महतोले भने, ‘अदालतको निर्णय आउँदासम्म कुर्नुभन्दा पुल निर्माण सुरु गर्न दबाब परेपछि गत हप्तादेखि सुरु गरेको हो ।’

विसं २०६८ जेठ ३१ मा तीन वर्ष वर्षभित्र पुल निर्माण सम्मन्न गर्ने गरी निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लाई दिइएको थियो । तर निर्माण नगरेपछि पप्पुलाई कालोसूचीमा राखी बाँकी काम ‘लुम्बिनी बिल्डर्स’लाई दिइएको थियो ।

यसबीचमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय र निर्माण कम्पनीबीच विसं २०८१ असार मसान्तसम्म भासिएको पुलको पुनःनिर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । पुल निर्माण अन्तिम चरणमा भएका बेला बाढीले क्षति पु(याएपछि कम्पनीले क्षतिवापत बीमाबाट पाउनुपर्ने १२ करोड रुपैयाँ रकम नपाएपछि अदालत गएको निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले बताए । ‘बीमा कम्पनीले बेइमानी नगरेको भए सम्भवत पुल निर्माण भइसक्थ्यो,’ उनले भने ।

मधेसको ‘लाइफ लाइन’ मानिने कमला पुल निर्माण १३ वर्षदेखि अधुरो छ । हुलाकी राजमार्ग निर्देशनालय प्रमुख महतोको अनुसार निर्माण कम्पनीले अन्तिम पटक थपिएको म्यादअनुसार आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्नुपर्नेछ । ‘निर्धारित समयमा पुल निर्माण हुन प्राविधिक समस्या हल भएका छन् । कानुनी समस्या बाँकी रहेकाले समयमा पुल निर्माण हुनेमा अझै शङ्का छ,’ प्रमुख महतोले भने ।

वर्षौदेखि हुलाकी राजमार्ग प्रयोग गर्ने यात्रु तथा यहाँका स्थानीय वर्षातमा एक सय रुपैयाँ तिरेर डुङ्गाको सहारामा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । हिउँदमा स्थानीय युवाको पहलमा अस्थायी बाँस र काठले बनाएको पुलमा रु २० तिरी वारपार गर्दै आइरहेका छन् । लामो समयदेखि रोकिएको पुल निर्माण सुरु भएपछि स्थानीय बासिन्दालाई पक्की पुलबाट यात्रा गर्ने आशा फेरी जागेको छ । –रासस

 

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

मिडिया हाउस अगाडी गाडी राखेकोमा एमाले र नेकपाको संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

आज पनि ‘प्रधानमन्त्रीको बिबादस्पद अभिब्यक्ति’को संसदमा बिरोध

पाँच दिनको गिरावटपछि सुनमा पुनः उछाल, एकैदिन तोलामा २ हजार ७ सय रुपैयाँ वृद्धि

सुन–चाँदी दुवै सस्तिए

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई आजदेखि रकम फिर्ता

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

विश्वकपमा सबैभन्दा बढी समय खेल्ने रेकर्ड मेस्सीको नाममा, दशौंसम्मका यी हुन सुची

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

हालै फेला परेकाे नयाँ मुसा, जाे हाे उच्च हिमाली क्षेत्रमा बस्ने पहिलो स्तनधारी जीव

राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक

बालबालिकाको सेयर कारोबारमा राष्ट्रिय परिचय नम्बर अनिवार्य नगर्न राष्ट्र बैंकलाई विभागको आग्रह

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

गुराँस लघुवित्तले २ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला ग¥यो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

क्वासार ब्रह्माण्डको सबैभन्दा चम्किलो वस्तु, जो दुई बर्षमा दोब्बर भेटियो

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५४.२३ लाख कित्ता सेयरको लक–इन भदौ २ पछि सकिने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!