nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुई जना पूर्व सांसदसहित यी ६ दलित महिलालाई ‘दामल फेलोसिप-२०२५’ प्रदान गरिने

गिरिजानन्द साह गिरिजानन्द साह
पुस १५, २०८१, ७:२४ मध्यान्ह
दुई जना पूर्व सांसदसहित यी ६ दलित महिलालाई ‘दामल फेलोसिप-२०२५’ प्रदान गरिने

पुस १५ गते। ‘जस्ट फ्युचर्स पहल’ संस्थाले ६ दलित महिलालाई ‘दामल फेलोसिप(२०२५’ प्रदान गर्ने भएको छ।

संस्थाले जारी गरेको विज्ञप्तिअनुसार अञ्जना विशंखे, अस्मिता माझी, ककुन्ती रविदास, मधु महरा, सीता बौडेल र सीमा बैठालाई फेलोसिप दिने निर्णय गरिएको हो।

जात, लैंगिकता, यौनिकता र वर्गको सेरोफेरोमा रहेका भाष्य, ज्ञान र कल्पनाबारे गहन समालोचनात्मक बुझाइका साथै लिखित र गैरलिखित नयाँ सिर्जना गर्ने उद्देश्यले उक्त फेलोसिप दिइएको संस्थाले जनाएको छ।

यसरी फेलोसिप पाउने ६ जनामध्येमा दुई जना पूर्व सांसद हुन् । फेलोसिप पाएकी सीतादेवी बौडेल पूर्व सांसद हुन् । माओवादी सशस्त्र युद्धमा सामेल भएर माओवादी सेनामा छापामारको रूपमा सक्रिय काम गरेकी सीताले न्यायको लागि लडिने राजनीति र न्यायिक समाज निर्माणमा छुट्टै अनुभव र अन्तर्दृष्टि कमाएकी छिन् ।

सीता पहिलो संविधानसभाको दलित समुदायबाट प्रत्यक्ष निर्वाचित सांसद थिइन्, जहाँ उनले नेपालको संविधान लेख्न क्रियाशील भएकी थिइन् । सांसदको हैसियतमा सीताले मौलिक अधिकार समितिमा र राज्यको नीति तथा निर्देशक सिद्धान्त निर्माणमा काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सचिव हुन् ।

तीन दशकभन्दा बेसी समयदेखि वामपन्थी राजनीतिमा क्रियाशील छिन् अञ्जना बिशंखे । अञ्जना नेपालको प्रतिनिधि सभाका पूर्व सदस्य हुन्, जहाँ उनले संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य भएर काम गरेकी थिइन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समितिका सदस्य र बागमति प्रदेशको सेक्रेट्यारियटका सदस्य हुन् । उनी हाल अन्तरदलीय दलित महिला गठबन्धनको संयोजकको पदमा पनि क्रियाशील छन् ।

सीमा बैठा मधेशको धोबी समुदायकी शिक्षिका हुन् । उनले स्नातक तह उत्तीर्ण गरेकी छन् । उनी आमाबुबासँग हटियामा चप्पलको ब्यापार र घरमा हुँदा कपडामा पेन्टिङ र सिलाइ–बुनाइ पनि गर्छिन् ।

मधु महरा समय–सन्दर्भ हेरेर तुरुन्तै कविता लेख्न सक्ने क्षमता भएकी व्यक्ति हुन् । ककुन्ती रविदास २ छोरा र १ छोरीलाई स्याहार्दै स्नातक तहमा अध्यनरत छिन् । मधेशी दलित समुदायभित्र पर्ने चमार सुमदायकी ककुन्तीले सानैदेखि विभेद देखेकी र भोगेकी छन् । आफ्नो समुदायको बाक्लो संख्यामा भए पनि अन्य जातकै हालीमुहाली रहेकोले विभेद र छुवाछूत कायमै रहेको उनको भोगाइ छ ।

बाराकी अस्मिता माझी स्नातक तह अध्ययन गर्दै विद्यालयमा पार्टटाइम पढाउँछिन् । शिक्षामा मुसहर समुदायको निकै न्यून पहुँच रहेको अवस्थामा उनी श्रम गर्दै स्नातक हुँदैछिन् । उनी ७ जना परिवारको जीविकाको लागि बिदाको बेला आमासँगै कृषि मजदुरी गर्छिन् । उनीहरु अरूको खेत अँधिया बटीयामा खेत जोत्ने गर्छन् भने उनका बुबा वैदेशिक रोजगारमा छन् ।

जंगबहादुरकालीन १९१० सालको मुलुकी ऐनअनुसार वर्ण, जात र लिंगका आधारमा दिइने सजाय ‘दामल’ शब्दका आधारमा यस फेलोसिपको नाम राखिएको हो। नेपालभित्र र बाहिर न्याय, समता, सम्मान, समावेशी लोकतन्त्र, दिगो भविष्यबारे नयाँ भाष्य निर्माण गर्ने लक्ष्य फेलोसिपले राखेको

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

रसुवा बाढीमा परी ४३ अष्ट्रेलियन नागरिक अझै बेपत्ताः अष्ट्रेलिया सरकार

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धार प्रयास थप जटिल, ‘क्राउन ब्लास्ट’ गर्दा पनि प्रवेश गर्न सकिएन

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवा बाढीमा परी २०० भन्दा बढी बिधार्थीहरू बेपत्ता

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

रसुवाका भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना

तापक्रमले नाघ्यो सिमा

इरानको मेहरानको तापक्रम ५० डिग्री हुदाँ, टयुनिसियामा ४९.८ डिग्रि सेल्सियस रेकर्ड

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

डोटीको सिमचौरका ५६ घरमा पुग्यो राष्ट्रिय विद्युत्, स्थानीय खुसी

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

‘नीलो क्रान्ति’ वाला भिआइपीको स्टन्टले गाईजात्रा बिर्सायो : गोकुल बास्कोटा

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

शरिमा आइरनको कमी, बेलैमा पुर्ती नगरे देखिने छन् समस्या

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

भोटेकोसी बाढी : कृषि विकास बैंकको डेढ करोड नगद र ५० करोडको सुन सुरक्षित निकालियो

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

मोरङ कारागारमा कैदीबन्दीको प्रदर्शन, सिडिओ र एसपीविरुद्ध नाराबाजी

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि