महोत्तरी/पुस १४ गते। महोत्तरीको एक विद्यालयका प्रधानाध्यापकले छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका छन्।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–२ स्थित लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार झाले ७ कक्षामा पढ्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै सोही विद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर प्रअ झामाथि कानूनी कारबाहीको माग राखेका छन्। प्रधानाध्यापक झाले छात्रामाथि पटकपटक यौन दुर्व्यवहार गरेको खुलेपछि विद्यार्थी र अभिभावकहरुले झालाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा दबाब दिएका छन्।
यतिबेला जिल्ला प्रशासन कार्यालयअघि तनावग्रस्त अवस्था रहेको छ। जिल्ला प्रशासन कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।




















Discussion about this post