महाेत्तरी/मंसिर २३ गते। एम्बुलेन्समा लागूऔषध तस्करी गरिरहेको भन्दै प्रहरीले बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट एम्बुलेन्स चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको धनुषाधाम नगरपालिका– ६ स्थित हरिपुरका ४४ वर्षीय सुरेश मिझार छन् ।
मंसिर २० गते महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाण्डु आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको एम्बुलेन्ससहित त्यसका चालक मिझारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले बताए । उनलाई रोशी गाउँपालिका ९ स्थित सडकबाट प्रहरी निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
महोत्तरीद्वारा सञ्चालित सो एम्बुलेन्सलाई जाँच गर्ने क्रममा चालककको सिट पछाडि राखिएको जेब्रा झोलाबाट विभिन्न प्रकारका तीन हजार एम्पुल लागूऔषध बरामद गरिएको प्रहरी उपरीक्षक घलेले बताए । उनलाई शुक्रबार काभ्रे जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post