nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यस्तो छ गढीमाई मेलाको इतिहास

गिरिजानन्द साह गिरिजानन्द साह
मंसिर २३, २०८१, ९:१८ मध्यान्ह
आज गढिमाई को दर्शन संगै २०८० साल मंसिर २ गते शनिबार को राशिफल हेर्नुहोस

मङ्सिर २३ गते । प्रत्येक ५ बर्षमा लाग्ने चर्चित गढीमाई मेला अहिले चलिरहेको छ । यो मेला मधेश प्रदेशको ३ वटा जिल्लाका ११ स्थानमा लाग्ने गर्छ ।यस अघि जस्तै अहिले पनि मध्य तराईका रौतहटको ७, सर्लाहीको २ र बाराको २ गरी ११ स्थानमा मेला लागिरहेको छ।

यतिबेला मेला क्षेत्रमा भक्तजन तथा दर्शकहरुको ठूलो भीड लागेको छ। मेलामा नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरुको घुईंचो लागेको छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ। पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन्।

यहाँ मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्। यतिमात्र होइन, यहाँ तान्त्रिक दुखा धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि खुल्छ । यस पटक पनि तान्त्रिक दुखा धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु भएको थियो । भक्तजनहरुले बलिका लागि ल्याईएका रागालाई ब्रम्हस्थान सँगैको वंधशालामा संकलन गरेका थिए । यसरी संकलन गरिएका राँगालाई गढीमाई पुजा ब्यवस्थापन समितिले तोकेका ३ सय जना स्वंयम सेवकहरुले धारिलो घरेलु हतियार, खुडा, खुकुरी, तरवारले शीर छेदन गरी बलि दिने गरेका छन् ।

यस्तो छ गढीमाईको धार्मिक किम्वदन्ति

किम्बदन्ति अनुसार, हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ । तिनै थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ आंै सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।

जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।

गढीमाईमा पाँच वर्षे बलि यसरी शुरु हुन्छ

तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् ।

‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।

‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए ।

हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

संघीयता विरुद्ध गलत भाष्य बनाउने प्रयास भइरहेको छ : अर्थमन्त्री यादव

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

जनकपुरधाममा लैङ्गिक न्यायमूलक पत्रकारिताबारे एकदिने कार्यशाला सम्पन्न

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

श्यामप्रसाद साह ब्याहुत सेवा समिति (कलवार कुटी) को अध्यक्षमा निर्वाचित

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

जनकपुरधाम जेसिजको ४३ औं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति बर्ष २०२६ को अध्यक्षमा भवेश झा

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

काठमाडौं र सुनसरीका सांसद प्रत्यासीहरु आजपामा प्रवेश

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

जनकपुरधाम स्थित जनक छात्रावासको ११ औँ वार्षिकोत्सव तथा खिचडी कार्यक्रम सम्पन्न

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

मदर ट्रेसा पब्लिक स्कुल पाँचौँ अन्तरविद्यालय टी–२० क्रिकेटको च्याम्पियन

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

हिन्दु स्वयंसेवक संघ नेपालको बैदेही शाखाद्वारा समरसता उत्सव सम्पन्न

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

निष्पक्ष निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय गम्भीर हुन गृहमन्त्री अर्यालको निर्देशन

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा करार कर्मचारीद्वारा १० दिनदेखि तालाबन्दी सेवाग्राहीको सेवा प्रभावित

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!