सप्तरी/कार्तिक १३ गते। विभिन्न मुद्दामा फरार २४ प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो ।वारदात पश्चात् फरार रहेका ती प्रतिवादीलाई तिहारको मौकामा गाउँघरबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार पक्राउ पर्नेमा चोरी, लेनदेन, कुटपिट, जालसाजी र लागु औषध कसुरका प्रतिवादी छन् ।
अदालतले रु पाँच जरिवानादेखि सात दिन कैदसम्म भुक्तानी गर्न बाँकी रहेका प्रतिवादीसमेत पक्राउ परे ।त्यसैगरी राजविराज नगरपालिका–६ सखडा रोडबाट तीन लाख नौ हजार छ सय ९५ को भन्सार छली गरेको कपडासहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रूपनी गाउँपालिका–५ का २६ वर्षीय चुनचुन यादव र राजगढ गाउँपालिका–२का २८ वर्षीय सञ्जय साह छन् ।
Discussion about this post