कार्तिक १३ गते। साझ शर्मा क्रेसनबाट`हमरे वनावल छिटा ढकिया´ छुवाछूतमा अधारित मैथिली लोकगीत रिलिज भएको छ । गायक सरोज संत र पायल ठाकुरको स्वरमा रिलिज भएको गीतमा मधेसी समुदायको डुम (डोम) समुदायले भोग्ने छुवाछूत जस्ता कथा वस्तुलाई समेटिएको छ ।
मधेसमा छुवाछूत जस्तो सामाजिक मुद्दामा मैथिली गीतको रिलिज हुनु साँच्चिकै प्रशंसनीय पहल हो । यस किसिमका गीतहरूले सामाजिक कुरीति, विभेद र पुरानोपनलाई समाजमा उजागर गर्न र सचेतना फैलाउन मद्दत पुर्याउँछ।
मैथिली गीतहरू, जसमा सांस्कृतिक र परम्परागत शैली हुन्छ, यस विषयलाई समेट्न अझ प्रभावकारी सिद्ध हुन सक्छन् किनभने यो गीतले समाजका विभिन्न वर्ग र समुदायमा सजिलैसँग आफ्नो सन्देश पुर्याउन सक्छ। त्यसैले यो लोकगीतले मधेसी समुदायमा हुने छुवाछूत विरुद्धको जनचेतनाको लागि धेरै प्रभावकारी हुने कलाकार आदित्य सिंहले बताएका छ्न ।
गीतमा मैथिली कलाकार मोहन महतो कोइरी, आदित्य सिंह, बिनिता महतो कोइरी, बिबेक कुमार सिंह,कमल कुमार साह, शर्गम कुमारी महतो र अभय सिंहले अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो
Discussion about this post