nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक १०, २०८१, १२:५१ मध्यान्ह
मिथिला लोक कलाले अमेरिकामा चर्चित भए प्रतीक रायमाझी

कार्तिक १० गते। ५० वर्षीय प्रतीक रायमाझी अमेरिकाको नेब्रास्का राज्यको ओमाहा सहरमा सपरिवार बस्छन्। उनी अमेरिका गएको १९ वर्ष भयो।

रायमाझी अमेरिकाका अधिकांश सहरमा चर्चित छन्। त्यो चर्चाको कारण हो – मिथिला लोककला। उनले पूर्वमिथिला कौशिकी शैलीलाई अमेरिका २६ वटा राज्यमा पस्किरहेका छन्। अमेरिका गएदेखि नै रायमाझी मिथिला लोककला पस्किएर चर्चाको केन्द्रमा छन्। मिथिला कौशिकी शैली नेपालमै दुर्लभ भइरहेको बेला उनी भने त्यसलाई विश्वमा चिनाउँदैछन्।

‘अमेरिकाको २६ वटा राज्यमा मिथिला लोक कला पस्किँदा मैले डेट पर्खिनु पर्दैन,’ उनी भन्छन्, ‘४०-५० वटा कृति भयो भने कुनै पनि राज्यमा गएर ग्यालरीमा हप्ता, दस र दुई हप्ताको समयमा प्रदर्शनी गर्न सक्छु।’ कुनै समय मिथिला लोककलामा चित्रकला भन्ने थिएन। हस्तकला थियो, शिल्पकलालगायत थिए। त्यो कलाकृति उनका बुवा जितबहादुर रायमाझीले गर्थे। उनको कलाकृतिलाई कसरी पूर्ण गर्ने? भनी सोचमग्न भएर मिथिला ललितकलामा लागेका रायमाझीले आफ्ना बुवाको उचाइलाई छोराले पूरा गर्नुपर्छ भन्ने लक्ष्य बनाए।

मिथिला लोक कलाका केही पाटा छन्। मिथिला लोककला पुस्तान्तरण हुँदै आएको छ, यसको कुनै लिखित दस्तावेज छैन। अन्दाजको भरमा कला भर्नुपर्ने हुन्छ। कतिपय प्रा.डा. राजेन्द्र विमलले लेखेका किताबमा छन्। बिहार पटनाबाट लेखिएका किताबहरू भेटिन्छन्। अध्ययन गर्दा मिथिला लोक कला संस्कारी कुरा आउँछ। ती विधि-विधानमा प्रयोग हुन्छन्। रायमाझी भने विषयवस्तुहरूलाई कथा बनाउँछन्। लोक कथामै आधारित भएर आफ्नो दैनिकी बिताउँछन्।

मिथिला लोककलामा अर्को जटिल पाटो भनेको पौराणिक मिथहरू छन्, प्रमाणित लिखत छैनन्। रामका कथाहरू, कृष्णका देवी देवताका कुरा मिथक कथा हुन्। यस्ता मिथकमा गहिरो अध्ययन भएन भने चित्र कोर्न सकिँदैन। त्यसमा प्रतिकात्मक चिन्हहरूको प्रयोग गर्नुपर्छ। सही ठाउँमा लगाउन सकिएन भने त्यसले अनर्थ दिन्छ। अमेरिकी र पश्चिमाहरू गहिरो अध्ययन गर्छन्। त्यस्तो जमातमा कला पस्किँदा इज्जत जोगाउने चुनौती रहने रायमाझी बताउँछन्।

‘नयाँ पिढी आउन नचाहेको होला, हाम्रा नयाँ आउने पिढीहरू यसबारे जानकार छैनन्। लेभलसम्म पुग्ने गाइडलाइन छैन। त्यसैले मिथिला ललितकला भड्किएको छ,’ रायमाझी भन्छन्।  उनले चित्रकला सिकेको आफ्ना पिता जितबहादुरबाट हो। प्रतीकको घर सिरहा कर्जन्हा नगरपालिकास्थित भुल्के हो। मध्यम वर्गीय परिवारका जितबहादुर  नेपालकै पहिलो व्यक्ति थिए ललितकलामा। बिएचयु बनारस हिन्दु विश्वविद्यालय, काशीबाट २०२८ सालअगाडि जितबहादुर नेपाल फर्किए।जितबहादुर ललितकलामा मास्टर्स गर्ने त्यो पनि डब्बल मास्टर्स बिएचयू ( बनारस हिन्दु विश्वविध्यालय) पहिलो एकल व्यक्ति थिए। नेपालको कुरा गर्ने हो भने त उनी झनै एक्लो र पहिलो व्यक्ति थिए। जितबहादुरले आफ्ना गुरुहरूबाट पाएको उपनाम आधुनिक भ्यानगग थियो, जो विश्वविख्यात चित्रकार थिए।

जितबहादुरले चित्रकला पढे पनि प्रतीकलाई पढ्न दिएनन्। जितबहादुर आफ्नो समयमा प्रखर वक्ता, कलाको क्षेत्रमा अब्बल थिए। उनलाई प्रोफेसरहरूले भारतमै राख्छौं भन्दैथिए। तर, जितबहादुर राजा महेन्द्रको राष्ट्रप्रेम देखेर नेपालमै केही गर्नुपर्छ भन्दै फर्किएका थिए। प्रतीक लोक कलातिर लागें, उनमा लोक कलाको रस बस्यो। विभिन्न ठाउँहरू चहारे पनि सबैभन्दा ठूलो विश्वविद्यालय उनी आफ्ना बुवालाई ठान्छन्। ‘तर, मैले पिताजीको संगत धेरै पाइनँ। नपाएपछि मैले आफ्ना गुरुहरूबाट ज्ञान पाएँ। पिताजीबाटै पाउन सक्थें होला। बनारसको छोटो बसाइमा धेरै अध्ययन गर्न पाएँ। बुवाले ज्ञान सेयर गर्नुभएन,’ उनले भने, ‘बुवाले मलाई चित्रकलामा नआओस् भन्ने चाहना राख्नुहुन्थ्यो।’ त्यसैले पनि होला, प्रतिक १३ वर्षको उमेरमा घर छोडेर हिँडे। ‘आज जे छु, जस्तो छु म सय गुणा बढी छु, मैले आफूले आफैंलाई बनाएको हो। कडा मेहनत गरें, म पछि मेरो परिवार, आउने सन्ततिका लागि गर्नुपर्छ भन्दै आफ्नो क्षेत्रमा कडा मेहनत गरें। दिनरात, भोक-प्यास, झरी-घाम भनिनँ,’ उनले भने।

बुवाको पदचाप पछ्याउँदै र बडी ल्यांग्वेजबाट रायमाझीले धेरै सिकेका थिए। ‘ज्ञानगुनका कुरा सिक्न पाएको भए, आशीर्वाद पाएको भए अझै परिस्कृत हुन सक्थें,’ उनले भने।

अमेरिका गइकन र अगाडिसमेत उनको मुख्य पेशा चित्रकला नै थियो। अमेरिकामा यसको बजार अहिले अथाह छ, जति नेपालमा नै छैन।

उनी नेपालमै मिथिला लोक कलालाई थप प्रामाणिक, बौद्धिक तथा आधुनिक रूपले पस्किन सक्थे होला। तर, उनलाई नेपालमा माओवादी तथा कम्युनिष्ट पार्टीका ‘भिजिलान्ते’हरू बस्न दिएनन्। तिनीहरूकै कारण नेपालमा बस्न आफूलाई थाह्रो भएको उनले सुनाए।

‘मलाई कम्युनिष्टहरू कहिल्यै मन परेन र अहिले त झनै मन पराउँदिनँ,’ प्रतीकले भने।

उनले सन् २००७ मा नेपालमा मिथिला लोक कलाको कार्यशाला गर्न लागेका थिए। उनी मात्रै नेपालमा लोक कलाको कार्यशाला गर्थे।

आफ्नै खर्चमा नेपालका लागि तत्कालीन भारतीय राजदूतावासको प्रथम सचिव गोपाल बागले, छिरिङ शेर्पाले त्यसअघि त्यस्तो कार्यशाला एक-एक पटक गरेका थिए। बागले हाल श्रीलंका लागि भारतीय राजदूत छन्।

उनको बागलेसँग संगत थियो। उनी भारतीय दूतावासमा सजिलै छिर्न सक्थें। त्यही कारणले होला प्रदर्शनीहरू गर्दा भारतीय दूतावासले रकम सहयोग पनि गर्थ्यो। नदिए पनि उनी आफ्नै खर्चमा प्रदर्शनी गर्थे। यसै क्रममा उनले बाहिरी संघ-संस्थाको काम पनि पाए।

कला कार्यशालाको प्रदर्शनीका लागि उनले लागि नेपाल आर्ट काउन्सिलमा प्रयास गरिरहेका थिए। त्यहाँ हल बुकिङ पनि गरिसकेका थिए।

उनी सिरहा गोलबजार क्षेत्रमा सेभ द चिल्ड्रेनका लागि काम गर्थे। माओवादीहरू उनलाई अमेरिकी दलाल भन्थे।

कार्यशालाको फ्लायर बनाउने तयारी गरिरहेका बेला चार-पाँच जना माओवादीहरूले उनलाई उठाएका थिए।

माओवादीले चन्दाको कुरा गरे। उनले चन्दा दिने पैसा छैन भन्दिए। काठमाडौंको एउटा घरको दुई तलामाथि उनलाई लगियो।

उनी माओवादी कब्जाबाट फुत्किन सके। उनले दुई तलामाथि घरबाट हामफालेर ज्यान जोगाएका थिए। त्यो घटनाले उनको सकुशल शरीरमा समस्या देखिन थाल्यो। कम्मरमा समस्या अहिले पनि छ।

त्यसपछि अमेरिकातिरै गएका रायमाझीलाई त्यहाँ बसेर नेपाली कला संस्कृति चिनाउन सकेकोमा गर्व लागेको छ।

‘चित्रकृतिको पारिश्रमिक राम्रो पाउँछु। म मूल्य राख्दिनँ। म आफैं तिमीहरू कतिसम्म मूल्य दिन्छौ भनेर भन्छु। मलाई दाम देउ भन्छु, दिन्छन् मनग्गे। सोचेको भन्दा पनि तीन गुना बढी पारिश्रमिक पाउँछु,’ उनले भने।

उनी नेपालले आफूलाई बिर्सिसकेको बताउँछन्। केही साथीभाइ छन्, सम्झिन्छन्। ‘मेरो उपस्थिति नभएको धेरै वर्ष भयो। नेपालले के भन्छ भन्नेतिर लाग्न छोडें, मलाई टिकिखान- गरिखान नदिएपछि भविष्य सुनिश्चित हिँड्नुपर्‍यो। देशको मर्म बुझ्नलाई एक पटक विदेशिनु पर्छ नै,’ उनले भने।

देश चिनाउन र देशलाई गरिमामय नाम दिन मरिमेटेर लागिपरेको उनको अनुभव छ। ‘नेपालको विषयमा नेताले बदमासी गर्दा लेख्यौं, बोल्यौं भने अरिंगालले छोपेजसतो गर्छन्,’ उनले भने, ‘यस्ता चैतेहरूलाई म के भन्न चाहन्छु भने खेद, मरिमेटेर लाग न।’

रायमाझीले आफ्नो कला ९० वटा देशमा पुर्‍याएका छन्। सन् २००३ बाटै अन्तर्राष्ट्रिय मञ्चमा पुगेका उनी राजा वीरेन्द्रको एकदमै नजिक भएर बसेको थिए।

दरबार हत्याकाण्ड भयो। त्यसपछि उनलाई नेपाल बस्न रुची लाग्न छोडेको थियो। पछि घरमै माओवादीहरूले घेराउ गर्ने, अपहरण गर्नेसम्म भएपछि उनले नेपाल बस्ने सपना त्यागे।

उनी आफ्नो कलामा महिला-पुरुष जो पनि आउनका लागि आह्वान गर्छन्। त्यसरी आउने पिढीलाई चित्रकलाका वास्तविकताहरूको सोधी र अध्ययन गर्न उनी सुझाव दिन्छन्।

‘विधि, टेक्निक्स, कहाँबाट कहाँ पुगे। हामी नेपाली कलाकारले विश्वका कलाका महारथीहरूसँग कसरी हिँड्न सक्छौं? हैसियत हामीले बनाउन पर्छ, लोक कलामा लागौं, अध्ययन गरौं। आफ्नो रगत माटो समय सुहाउँदो कला पस्किऔं,’ उनले भने।

उनले अमेरिकामा मिथिला कलाको संग्रहालय स्थापना गर्ने सोच बनाएका छन्। त्यो संग्रहालय सन् २०२६ बाट सुरू हुने रायमाझीले बताए।

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनी गर्ने र छानिएका कृतिलाई अमेरिका लगायतमा प्रदर्शनी गर्ने उनको योजना छ।

Tags: अन्तरास्ट्रिय

Discussion about this post

Related Posts

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

ऋणैऋणले नेपालको अर्थतन्त्र ध्वस्त भयो : प्रभु साह

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

बसहियामा रहेको गोगल प्रसाद नमूना मावि को चार कोठे नवनिर्मित भवन उद्घाटन

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

पूर्वमन्त्री जुली कुमारी महतोद्वारा जनकपुरकी रोशनी झा मृत्युमामिलाको छानबिनको माग

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

मधेशका अर्थमन्त्री महेश यादवको पहिलो निर्णय : जेन–जी लक्षित स्वयंसेवक र रोजगार कार्यक्रम

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जनकपुरधाममा अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी राष्ट्रिय गोष्ठी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

जेसीआई नेपालको ५२ औँ राष्ट्रिय महाधिवेशन पुसको पहिलो साता जनकपुरधाममा हुने,देशैभरका जेसीआईहरु सहभागी हुने

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेशमा मुख्यमन्त्री सहित तीन जना मन्त्रीको शपथ

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

मधेश प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णय बदर

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

साथ साथ सिकाई संजाल धनुषाको आयोजनामा महिला उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

मधेशबाट सुरु भएको नयाँ राजनीतिक मोडेल अन्य प्रदेशमा पनि लागू हुने : प्रचण्ड

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!