nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनताको सन्तुष्टि र विश्वास नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिँह

गिरिजानन्द साह गिरिजानन्द साह
कार्तिक ४, २०८१, ७:४५ मध्यान्ह
जनताको सन्तुष्टि र विश्वास नै स्वास्थ्य संस्थालाई अब्बल बनाउँछ : मुख्यमन्त्री सिँह

कार्तिक ४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेशमा स्वास्थ्यसेवाका सूचक प्रगतिउन्मुख भए पनि पूर्ण सन्तोषदायक नरहेको भन्दै सरकारी अस्पतालहरूमा औषधोपचारलगायतका सेवाप्रति जनतामा सन्तुष्टि र विश्वास उत्पन्न नहुँदासम्म उत्कृष्ट सेवा भएको ठहर गर्न नसकिने बताएका छन् । स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८१÷२०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको तीनदिने प्रदेशस्तरीय समीक्षा गोष्ठीको समापन समारोहमा मुख्यमन्त्री सिँहले सो कुरा बताएका हुन् ।

मुख्यमन्त्री सिँहले अस्पताल र पालिकाका स्वास्थ्य संस्थातर्फ कार्यसम्पादनतर्फ पहिलो, दोस्रो र तृतीय हुनेहरूलाई आवश्यकताका आधारमा स्वास्थ्य उपकरणलगायतका सामग्री दिएर प्रोत्साहन गर्नुपर्ने बताए । उनले पहिलोलाई पचास लाख, दोस्रोलाई ३५ लाख र तेस्रोलाई २५ लाखको स्वास्थ्य उपकरण दिनुपर्ने सुझाए । मुख्यमन्त्री सिँहले कार्यसम्पादन मूल्याङ्कनमा अब्बल ठहरिएका स्वास्थ्य संस्थाका चिकित्सकलाई प्रोत्साहन स्वरूप रकम दिनुपर्ने समेत बताए । उनले भने, ‘प्रोत्साहन रकमका कारण स्वास्थ्य संस्थाहरूबीच पहिलो, दोस्रो र तेस्रो हुन प्रतिस्पर्धा हुनेछ । यसबाट अपेक्षित र राम्रो परिणाम प्राप्त हुनेछ ।’मुख्यमन्त्री सिँहले पुछारबाट पहिलो, दोस्रो र तेस्रोलाई समेत कुरियरबाट सम्मानपत्र पठाउनुपर्ने बताए । ‘यसबाट ती संस्थाहरूमाथि समेत असल काम गर्नुपर्ने दबाब सिर्जना हुनेछ ।’

मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालहरूको बेड स्वीकृत भई दरबन्दी पूर्ति हुनुपर्ने औंल्याए । उनले अहिले २५ प्रतिशत दरबन्दी पूर्ति भएकोबाट ५० देखि ७० प्रतिशत दरबन्दी पुरा भए सेवाको स्तर वृद्धि हुने बताए । उनले पालिकास्थित बर्थिङ्ग सेन्टरमा जनशक्ति बढाएर प्रसुतिसेवाको गुणस्तर बढाउन प्रदेश सरकारले पालिकासँग समन्वय गर्ने उल्लेख गरे । मुख्यमन्त्री सिँहले मधेश प्रदेशमा स्वास्थ्य बिमामा न्यून सँख्यामा जनताको पहुँच रहेको बताउँदै सेवाग्राहीले न्यून लगानीमा अत्यधिक प्रतिफल लिनसक्ने बनाउन स्वास्थ्य बिमाका लागि व्यापक जनचेतना जगाउनुपर्ने बताए ।

उनले स्वास्थ्यसंस्थामा औषधि उपलब्ध तत्काल खरिद प्रक्रिया सुरु गर्न आफूले स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको भन्दै सरकारको मापदण्डअनुसार औषधिको गुणस्तर कायम राख्न कुनै पनि सम्झौता गर्न नहुने बताए । उनले भने, ‘प्रभाव नभएका औषधि खरिद नहोस् भन्ने कुरामा गम्भीर ध्यान पुग्नुपर्छ ।’मुख्यमन्त्री सिँहले प्रदेशका एक सय ३६ पालिकामा सञ्चालन भइरहेका स्वास्थ्य प्रयोगशालामध्ये कतिपय मापदण्डविपरीतका घरमा सञ्चालन भइरहेको भन्दै प्रयोगशालाजस्तो संवेदनशील ठाउँमा मापदण्डअनुसारका पूर्वाधार विकसित गर्न पालिकासँग समन्वय गर्नुपर्ने बताए । उनले प्रयोगशालामा कार्यरत जनशक्तिको दरबन्दी शीघ्र स्वीकृत गराउन पनि निर्देशन दिए ।

मुख्यमन्त्री सिँहले निजी अस्पताल, नर्सिङ्ग होम र क्लिनिकहरूको कडा अनुगमन आवश्यक भएको बताए । उनले स्वीकृत बेड सँख्या र सञ्चालनमा रहेका बेड, नवीकरण र कानुनअनुसार १० प्रतिशत बेड छुटजस्ता विषयका बारेमा अनुगमन गर्न निर्देशन दिए । उनले निजी अस्पतालमा बिरामी बन्धक भएका कुरा सामाजिक सञ्जालमा आउने गरेको सन्दर्भ कोट्याउँदै १० प्रतिशत बेड छुटमा तिनको उपचार भए त्यस्तो नहुने र त्यसका लागि स्वास्थ्य संस्थाको वर्षभरिको कारोबार तथा छुटका बारेमा अनुगमन गरिनुपर्नेमा जोड दिए । मुख्यमन्त्री सिँहले आर्युवेदको सुगन्ध दिन आयुर्वेद अस्पतालले आफ्नो परिसरमा विवरण बुझिनेगरी जडीबुटी उत्पादन गर्नुपर्ने र त्यसको उपयोग हुने रोग तथा प्रयोग विधिबारे स्थानीयलाई जानकारी दिनुपर्ने बताए । ‘यसबाट आफ्नै घर वरपर चिकीत्सकीय गुण भएका बोट रहेको स्थानीयले भेउ पाउनेछन् । र, तिनको प्रयोगप्रति आकर्षित हुनेछन्,’ उनले भने । कार्यक्रममा प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनसिँह कोइरीलगायतका व्यक्तिले प्रदेशको स्वास्थ्य क्षेत्रको अवस्थाबारे आआफ्ना धारणा राखेका थिए ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको चौथो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल डान्सिङ कन्टेस्ट कार्यक्रम सम्पन्न

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

मधेश सरकारमा को को बन्दैछ मन्त्री?

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जेसिज सप्ताहको तेस्रो दिन जनकपुर जेसिज द्धारा स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

दुई वर्षको प्रेम, विवाह सुरु भएको दुई मिनेटमै बबाल

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

देशभरका करदाता सेवा कार्यालय खारेज,यी हुन् खारेजीमा परेका कार्यालय

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जानकी महिला जागरण समाजको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जेसिस सप्ताहको दोस्रो दिन जनकपुर जेसीसद्धारा स्लो बाईक रेस प्रतियोगिता सम्पन्न

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

जनकपुर जेसिजको जेसिज सप्ताहको शुभारम्भ,पहिलो दिन फुड ग्रेन एन्ड डिनर डिस्ट्रिब्युसन कार्यक्रम गरियो

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

वरिष्ठ पत्रकार राम भरोस कापडीसँग कायापलटको प्रेरणादायी ‘अनुभव साझेदारी सत्र’ सम्पन्न

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!