विष्णुदेव सरदार/असोज १३ गते। निर्माधिन अवस्थामा रहेको सिराहा नगरपालिका वडा नम्बर – १९ सन्हैठामा १० सैया अस्पतालको काममा प्रमुख प्रशासकीय अधिकृत, ठेक्केदार र लेखापालको मिलेमतोमा निर्माण काम सम्पन्न नहँदै लाखौंको भुक्तानी भएको छ।
एक स्थानीयका अनुसार सिराहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, लेखापाल , मेयर डा. नवीन यादव , प्राविधिक इन्जिनियर उमेश कुमार यादव , भुक्तानी लिने ठेक्केदार दिपेन्द्र ठाकुर , ओभरसियर दिनेश यादवसहितको मिलेमतो पश्चयात कामै नगरि लाखौं / करोडौंको भुक्तानी दिइएको छ। ओभरसियर दिनेश यादवले फर्जी बिल , भर्पाई, फाईल तयार परि भुक्तानी लिइएको हो ।
सन्हैठामा निर्माधिन अवस्थामा रहेको सो अस्पताल निर्माणको ठेक्का श्री सिर्जना / सुवेदी जे. भी. लाई दिइएको छ । जसको कुल लागत बजेट ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रुपैयाँ रहेको छ ।
यसवर्षको कलोजिङ्ग २ दिन पहिले , कलोजिङ्ग अन्त्यको बेला भुक्तानी दिइएको हो । भन्नुपर्दा असार – २३ गते “छत” को ढलान गर्दै भुक्तानी गरिएको हो । ईन्जिनियर उमेश कुमार यादव मार्फत कुल बजेटको ५ % कमिसन लिएर लेखा, हाकिमले चेक काटिएको थियो ।
यो सँगै , सिराहा -१९ सन्हैठामा रहेको निर्माधिन सो १० सैया अस्पतालको पलाष्टर र माथिल्लो “पिलर” ठड्याउने को कामै नगरि बील भर्पाईकै आधारमा लाखौं / करोडौं निकासा गरिएको छ।
सिराहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव, मेयर डा. नवीन यादवले गत चैत – ६ गते अनुगमनको क्रममा भनेका थियो – ” नगरवासीलाई समयमै छिटो सहज सेवा दिने उदेश्यले निर्माण कार्यलाई तिब्रता दिन निर्देशन दिइएको थियोे । तर, जनप्रतिनिधिहरुको आधा समय बितिसक्दा पनि सिराहा लगायत सबैजसो स्थानीयहरुमा विकासको अनुभुती गर्न सकिदैन् ।
सिरहाका स्थानीयतह पालिकाहरुमा विकासको अवस्था एक्दम्मै नाजुक देखिन् थालेको छ। यो सँगै, सिराहा -१९ को निर्माधिन १० सैया अस्पतालको अनुगमन र अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा हुनुपर्ने अवस्था देखिन्छ ।
यता, सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई मो. ९८५२८२५१११ मा सम्पर्क गर्दा – उहाँले भन्नुभयो – ” हामीले कुनै फ्युजुलको भुक्तानी दिइएको होइनन् । कामको मुल्यांकन अनुसार भुक्तानी दिएको बताए ।
Discussion about this post